पोखरा १५ मा जनप्रतिनिधि सम्मानित

समाधान संवाददाता २०७९ असार ५ गते १५:०२

पोखरा ।
आँधीखोला तमु समाज पोखरा १५ ले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ । समाजले शनिबार उपमेयरसहित वडाका जनप्रतिनिधिलाई सम्मान गरेको हो । कार्यक्रममा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आँधीखोला तमु समाजसँग आफ्नो भावनात्मक निकटता रहेको बताइन् ।

उनले २०७४ सालको निर्वाचनमा प्रचारप्रसारको कार्यक्रम यही समाजबाट सुरु गरी सफलता प्राप्त गरेको बताइन् ।
उपमेयर गुरुङले बसाइसराइका क्रममा देशको जुनसुकै स्थानमा तमुहरु बसोबास गरेको भए पनि आफ्नो धर्म, संस्कार, सस्ंकृति र रहनसहनलाई उजागर गर्दै संरक्षण गर्नुपर्नेमा जोड दिइन् । उनले तमुहरुले सरकारी कामकाजको विषयमा झिजो मान्ने र प्रक्रितागत कागजमा अल्छी मान्ने बरु आफैं पैसा संकलन गरेर काम गरौँ भन्ने मनस्थितिले महानगरले दिँदै आएको आयमुलक कार्यक्रममा जोडिन नचाहेकोमा दुखेसो पोखिन् ।

उनले संघ र प्रदेशबाट विभिन्न समयमा सीपमूलक तालिम, कृषि र युवाका लागि तालिमहरु आइरहने भन्दै वडाका जनप्रतिनिधि तथा आफैंलाई भेटेर जानकारी लिएर लाभान्वित हुन आग्रह गरिन् । उनले जनताले अमूल्य मत दिएर जनप्रतिनिधि बनाएको भन्दै अब आफूहरु जनप्रतिनिधि नभएर सेवक भएको उनले प्रतिक्रिया दिइन् । पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले पूर्वाधारको विकासले मात्र मानवीय विकास नहुने भन्दै महिला उद्यमशीलता, युवा स्वरोजगार, शिक्षा, खेलकुद र कृषिलाई पनि सँगसँगै लिएर अगाडि बढ्नुपर्ने बताए ।

Advertisement

उनले वडा नम्बर १५ को अहिलेको बजेटमा ६० प्रतिशत पूर्वाधार र ४० प्रतिशत अन्य मानवीय विकासका लागि छुट्याइएको जानकारी दिए । कार्यक्रममा आँधीखोला तमु समाजका संस्थापक तथा पोखरा १५ का निवर्तमान सदस्य रुकबहादुर गुरुङले जनप्रतिनिधिलाई आफ्नो समाजमा स्वागत तथा सम्मान गर्न पाउँदा खुसी लागेको बताए । लीलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष शंकर गुरुङ, सचिव मेलिना गुरुङ र खिम गुरुङले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया