कपडाको चप्पल बनाउने तालिम समापन

पोखरा ।
गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा सञ्चालित कपडाको चप्पल बनाउने १२ दिने तालिम समापन भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले यसै वर्षदेखि सिप परीक्षण नहुने चप्पल बनाउने, बाजा बजाउने लगायत तालिमसमेत सञ्चालन गरेको हो ।
पोखरा–५, बुलौदी बहुउद्देश्यीय भवनमा भएको समापन कार्यक्रमको अध्यक्षता गण्डकी बहुप्राविधिक प्राबिधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले गरेका थिए । कार्यक्रमको बिशेष आमन्त्रित व्यक्तित्व पोखरा महानगर पालिका वडा नम्बर ५ का नवनिर्वाचित अध्यक्ष विष्णु बरालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै सिपलाई स्वरोजगारसँग जोड्न अनुरोध गरे ।
जेठ २३ गतेदेखि सुरु तालिममा २० जना सहभागी थिए । कार्यक्रममा स्वागत मन्तव्य स्वागत टोल आमा समूहका अध्यक्ष श्रीमती मधु थापाले राखिन् भने प्रशिक्षण धनमाया श्रेष्ठले दिइन् । समापन कार्यक्रममा उदघोषण सन्तोष शर्माले गरेका थिए ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया