धादिङ उद्योग बाणिज्य संघको टोलीलाई लेखनाथमा स्वागत
लेखनाथ ।
लेखनाथ उद्योग बाणिज्य संघले धादिङ उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई संघमा एक कार्यक्रमको आयोजना गरि आईतवार स्वागत तथा सम्मानको आयोजना गरेको छ ।
दुई संघ विच भातृत्व तथा आत्मियता कायम गर्दै एक आपसमा अनुभव साटासाट गर्ने उद्देश्यले राखिएको छलफल कार्यक्रममा दुवै संघले गरेका काम र आगामी दिनमा गरिने योजनाका बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णुप्रसाद कंडेलले ब्यवसायीक हक हितका लागि दुवै संघहरु सहकार्य गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनु हुंदै नेपाल उद्योग बाणिज्य महासंघसंगको सहयोगमा नेपाल सरकार संग समन्वय गरेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले संघको गतिविधीको बारेमा जानकारी गराउँदै धादिङ उद्योग बाणिज्य संघको टोलीलाई स्वागत गर्न पाउदा खुसी लागेको बताएका छन् । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, पुर्व अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरी, पुर्व अध्यक्षद्धय लक्ष्मी प्रसाद त्रिपाठी र कृष्णहरि भण्डारी लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन संघका महासचिव उपेन्द्रराज सुबेदी (राजु)ले गरेका थिए । धन्यवाद ज्ञापन सहित समापन संघका बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले गरेका थिए ।
तपाईको प्रतिक्रिया