रुपामा विशाल सहकारीको स्वास्थ्य शिविर

समाधान संवाददाता २०७९ असार ६ गते ११:१९

पोखरा ।
पोखरा ४ बुद्ध विशाल बजारमा रहेको विशाल बचत तथा ऋण सहकारी संस्थाले रुपा गाँउपालिका ७ पोल्याङटारमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । कार्यक्रममा १ सय १९ महिलाको स्वास्थ्य जाँच गरिएको छ ।

Advertisement

कार्यक्रममा रुपा गाँउपालिका ७ का वडाध्यक्ष दीपेन्द्र गौतमले कास्की जिल्लाकै दुर्गम गाँउ पोल्याङटारमा विशाल सहकारीले स्वास्थ्य शिविर गरेकोमा आभार प्रकट गरे । सहकारीका उपाध्यक्ष शिव शर्माले सहकारीले सहकारीका मूल्य मान्यता बमोजिम यस प्रकारका सामाजिक कार्य गरिरहेको बताए ।

मनिपाल अस्पताल तथा गण्डकी अस्पतालका डा. अंगना पराजुली, डा. श्रीना श्रेष्ठ, डा. प्रिया गुरुङ, डा. सदीक्षा रानाभाट लगायतको टोलीले बिरामी जाँच गरेको थियो । कार्यक्रममा विशाल बचत तथा ऋण सहकारी संस्थाका निर्वतमान उपाध्यक्ष जगन्नाथ ढकाल, सहकारीका कोषाध्यक्ष बालकृष्ण ढकाल, लेखा संयोजक रामकृष्ण दुवाडी, सदस्य रमा शर्मा, कार्यक्रम संयोजक वुद्धिप्रसाद पौडेल र सहकारीकी सचिव तारादेवी पराजुलीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया