यातायात व्यवसायी महासंघ कास्की समन्वयमा ढुंगाना
समाधान संवाददाता
२०७९ असार ६ गते ११:३१

लेखनाथ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्की समन्वय समितिको दोस्रो अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि कृष्णप्रसाद ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कास्कीमा रहेका बिभिन्न यातायात व्यवसायीको छाता संगठनको रुपमा रहेको समितिका सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा रामबहादुर तामाङ छन् । समिति सदस्यमा मेघराज त्रिपाठी, पवित्रमणि अधिकारी, रामचन्द्र शर्मा, बुद्धिप्रसाद सुवेदी, राजु थापा र नारायण कोइराला छन् । बाँकी २ सदस्यपछि थप गरिनेछ ।
कार्यक्रममा गण्डकी प्रदेशका भौतक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले यातायात व्यवसायीले व्यवस्थित तरिकाले समयानुकूल सेवा दिनुपर्ने बताए । कार्यक्रम संस्थाका अध्यक्ष केदार पौडेलको अध्यक्षतामा भएको थियो ।
सम्बन्धित
३
तपाईको प्रतिक्रिया