रंगमञ्चमा हिंसापीडितको कथा

पोखरा ।
पोखरामा नाटक ‘केस नम्बर ३११’ मञ्चन भइरहेको छ । गत शुक्रबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक असार ११ गतेसम्म देखाइनेछ ।
नाटक पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको हो । यो नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको ब्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले गरेका हुन् । सहजकर्ताको रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तन छन् । नाटकमा झलक थापा, सुशील बराल, मनिषा केसी, अदित भुजेल र एलिसा भोगले गरेका छन् । गोपाल भुषाल, अनामिका रिजाल, प्रतीक राउत, प्रतिभा रिमाल, पाल्मती थापा, कमल तामाङ, दिप्सना विश्वकर्मा, सुरज तिवारी तथा दिव्य अमृतको अभिनयसमेत नाटकमा हेर्न पाइनेछ ।
नाटक बुधबारबाहेक हरेक दिन साँझ सवा ५ बजे मञ्चन गरिनेछ । यसका अलावा शनिबार र आइतबार दिउँसो १ बजेसमेत नाटक हेर्न पाइन्छ । यो नाटकको परिकल्पना दिव्य, अमृत, दिप्सना विश्वकर्मा र सुशील बरालले गरेका हुन् । हिंसाले पीडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पार्न खोजेको निर्देशकत्रयको भनाइ छ । नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने उनीहरुको अपेक्षा छ ।
पोखरा थिएटरमा पहिलो पटक इम्प्रोभाइजेस्नल विधिबाट नाटक तयार पारिएको हो । नाटकमा महिलामाथि हुने घटना र घटनाले पार्ने मानसिक असरलाई नयाँ तरिकाले प्रस्तुत गरिएको छ । यो नाटकले मूलतः डिसोसियटिभ आइडेन्टीटी डिसअर्डरको खोजी गर्न प्रेरित गरेको छ । कलाकारको मेहनतका कारण नाटक आकर्षक बनेको छ । नाटक हेर्न पुगेका दर्शकको प्रतिक्रियाका कारण कलाकारसमेत उत्साहित छन् ।






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया