क्रमागत योजना कटौती गरेकोमा एमालेको विरोध

पोखरा ।
प्रतिपक्षी दल नेकपा (एमाले)ले संघ तथा गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा विगतदेखिका क्रमागत रुपमा रहेका महत्वपूर्ण योजना कटौती गरेकोमा विरोध जनाएको छ । सो पार्टीले राजनीतिक स्वार्थका कारण कनिका छरेजस्तो खल्तीका योजना ल्याएको भन्दै आपत्ति प्रकट गरेको हो ।
एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले राजनीतिक रुपमा प्रेरित भएर ल्याएका योजनालाई समयमै सच्याउन माग गरे । पार्टीको जिल्ला कमिटीसचिवालयको दोस्रो बैठकपछि जारी गरिएको विज्ञप्तिमा स्थानीय तहले यही असार १० गतेभित्र ल्याउने बजेटलाई जनमुखी, दिगो र समृद्ध समाज निर्माणमा केन्द्रित गर्न सुझाव दिइएको छ ।
‘संघीय तथा प्रदेश सरकारले ल्याएको बजेटले हिजोदेखिका क्रमागत रुपमा रहेका महत्वपूर्ण योजना कटौती गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक स्वार्थका कारण नेताको खल्तीबाट टुक्रे योजना ल्याउनु गलत छ ।’ विज्ञप्तिमा राजनीतिक स्वार्थ ल्याइएका योजनालाई सच्याउन मागसमेत गरिएको छ ।
भर्खरै सुरु भएको वर्षातले कास्कीका विभिन्न ग्रामीण सडक, पुल बाढी पहिरोले क्षति पुर्याउँदा दैनिक आवागमनमा असर परेको उल्लेख गर्दै विज्ञप्तिमा त्यस्ता सडक तथा पुलहरु तत्काल मर्मत र सम्हार गरी यातायात सुव्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । प्राकृतिक विपद् जोखिमका हिसाबले कास्की उच्च जोखिममा रहेको चर्चा गर्दै विज्ञप्तिमा उच्च जोखिममा रहेका बस्ती, क्षेत्रको पहिचान गरी व्यवस्थापनको कार्ययोजना अगाडि सार्न माग गरिएको छ ।
बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै पार्टीको संगठित सदस्यता नवीकरण र प्रविधियुक्त सदस्यता नवीकरण अध्यावधि गराउने निर्णय गरेको छ । बैठकले कार्यालय टिमबाट भएका निर्णयलाई अनुमोदन गर्दै भावी कार्ययोजनाका बारेमा छलफल गरी आगामी जिल्ला कमिटीको बैठकको मिति तय गरेको अध्यक्ष गुरुङले जानकारी दिए । एमाले कास्कीको विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा वर्तमान ५ दलीय गठबन्धनको सरकारले राज्य सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाइएको छ ।
राज्यका संयन्त्र एमालेको विरुद्धमा प्रयोग गरिएको विज्ञप्तिमा जिकिर गरिएको छ । पेट्रोलियम पदार्थ लगायत इन्धनमा भएको मूल्य वृद्धिको असर सबै क्षेत्रमा परेको दाबी गर्दै विज्ञप्तिमा दैनिक उपभोग्य वस्तुमा दिन दुई गुणा, रात चौ गुणाका हिसाबले भएको मूल्यवृद्धि नियन्त्रण गर्न माग गरिएको छ । कृषिप्रधान देशको प्रमुख बाली धानको रोपाइँ गर्ने बेलामा बजारमा रासायनिक मलको चरम अभाव रहेको उल्लेख गर्दै एमालेले जुनसुकै छोटो माध्यम अपनाएर रसायनिक मलको तत्काल आपूर्ति व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया