अर्थमन्त्रीलाई स्याक गर्नुपर्छः मन्त्री मनाङे

समाधान संवाददाता २०७९ असार ७ गते ११:२४

पोखरा ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई पदबाट हटाउनुपर्ने बताएका छन् । उनले सोमबार पोखरामा आयोजित एक कार्यक्रममा बराललाई हटाउनुपर्ने बताएका हुन् ।

अर्थमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम आगामी आर्थिक वर्षको बजेटबाट हटाएका थिए । ‘अर्थमन्त्रीलाई पदबाट हटाउनुपर्छ । कसले के भन्छ, कुर्नुहुँदैन यस्तो मन्त्रीलाई स्याक गर्ने हो । हामीले बनाएको मन्त्रीले हामीलाई बेबकुफ बनायो ।’
मन्त्री मनाङेले अर्थमन्त्रीले बढी ढाँटेकाले, गफ दिएको जिकिर गरे । ‘भ्याट र कर केही लाग्दैन । अर्थमन्त्री एकदम हावा रहेछ ।

यस्तो मान्छेलाई अर्थमन्त्री बनाएर बजेट कार्यान्वयन हुँदैन । अर्थमन्त्री त धेरै कुरा जानेको हुनुपर्छ । अर्थशास्त्र पढेको हुनुपर्छ । अरु मन्त्रालयमा जस्तो भए पनि अर्थमन्त्री त विज्ञ हुनुपर्‍यो नि,’ उनले भने । माओवादीमा अरु सांसद विज्ञ भएकाले उनीहरुलाई अर्थमन्त्री बताउनुपर्ने मनाङेले तर्क गरे । ‘माओवादीमा छ राम्रो राम्रो मान्छे । त्यो दीपक कोइराला भन्ने छ ।

Advertisement

अरु एक, दुई जना पनि छ । यिनीहरुलाई नियुक्त गरे भयो नि,’ उनले भने । एमालेको सहयोगमा अर्थमन्त्रीले चुनाव जितेको उल्लेख गर्दै अहिले मन्त्रालयमा मनलाग्दी गरेको बताए । ‘एक्लै लड्यो भने माओवादीले हाम्रो मनाङका वडामा पनि चुनाव जित्दैन । यसले त अर्थ मन्त्रालयले नै बिगार्‍यो ।’

Advertisement

तपाईको प्रतिक्रिया