स्टेप बाइ स्टेपमा सर्कलहरु पुनर्गठन

समाधान संवाददाता २०७९ असार ७ गते ११:५४

पोखरा ।
स्टेप बाइ स्टेप मावि मासबार, पोखरामा क्रियाशील युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।
युवा रेडक्रस सर्कलको अध्यक्षमा अपराजिता बराल, उपाध्यक्ष विपिन राउत, सचिव रासिका श्रेष्ठ, सहसचिव अनुप गिरी, कोषाध्यक्ष युगल अधिकारी र सहकोषाध्यक्ष समनबाबु पौडेल चयन भएका छन् ।

सदस्यमा चाहत गुरुङ, राजन थापा, उत्सव शर्मा, एलिना रसाइली, सुशान्त अधिकारी, सुप्रिम थापा र लोचना बराल चुनिए । शिक्षक नायक लक्ष्मणप्रसाद भण्डारी छन् । स्नेहा रिजालको अध्यक्षतामा गठित क्वालिटी सर्कलको उपाध्यक्ष असिमा तिमिल्सिना, सचिव अनमोल खडका, सहसचिव ममता गिरी र कोषाध्यक्ष वर्षा सापकोटा छन् ।

सदस्यमा कृपा भण्डारी, विल्सन न्यौपाने, सार्थक पौडेल, निर्माण नेपाल, प्रिमस आचार्य, कोहिनूर भण्डारी, अदिती पराजुली र आयुषा लामिछाने छानिएका छन् । शिक्षक कोअर्डिनेटरमा मेघनाथ गिरी छन् । रानी कुँवरको अध्यक्षतमा गठित ग्रो सर्कलमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः कोशिस क्षेत्री, सम्यक पहारी, सुदेश्ना पौडेल र साहिल लामिछाने छन् । शिक्षक कोअर्डिनेटरमा रामचन्द्र शर्मा छन् ।

Advertisement

प्राचार्य तथा सर्कलका संरक्षक निर्मला बरालले विद्यार्थीमा नेतृत्व क्षमताको विकास गर्ने, सेवाको भावना जागृत गर्ने र विद्यार्थीमा सक्रियता बढाउने उद्देश्यले सर्कलहरु गठन गरिएको बताए । कार्यक्रममा संस्थापक निर्देशक रमाकान्त बराल, सहप्राचार्य दिपक गिरी र विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया