पोखरा लेडी जेसीज ३४ वर्षमा

पोखरा ।
पोखरा लेडी जेसीज ३४ औं वर्षमा प्रवेश गरेको छ । जेसीजले पोखरामा एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सामाजिक क्षेत्रमा जेसीज लगायतका संस्थाले पुर्याउँदै आएको भूमिकाको प्रशंसा गरे । उनले आगामी दिनमा सार्वजनिक महत्वका कार्यक्रममा पोखरा लेडी जेसीजसँग सहकार्य र सहयोगका लागि आफू र आफ्नो वडा सधै तयार रहने प्रतिवद्धता गरे ।
कार्यक्रममा पोखरा जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय कानुनी सल्लाहकार गोविन्द देवकोटा, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष गीता सिग्देल, जेसिआइ सिनेटर प्रमिला सुवेदी, सुनयना पालिखे, लेखनाथ जेसीज वर्ष २०२२ का अध्यक्ष सुजन न्यौपाने, पोखरा जेसीज वर्ष २०२२ का अध्यक्ष मीनराज खड्का, उपाध्यक्ष सरु थापा, सचिव प्रमिला सुवेदी, सकुन पौडेल लगायतले बोलेका थिए ।
संस्थाका निवर्तमान अध्यक्ष कमला शर्मा (विनिता) को अध्यक्षतामा कार्यक्रम भएको थियो ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया