पोखरामा खोँचमा अड्किएकालाई उद्दार गर्न तालिम
पोखरा ।
भइपरी आउने दुर्घटनाबाट खोँच वा भिरमा फसेकालाई उद्दार गर्न गण्डकी प्रदेश प्रहरी पोखराले सिमुलेशन अभ्यास गराएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरीबल र नेपाली सेनाको जवानहरुलाई खोँच वा भिरमा अड्किएकालाई तत्काल उद्दार गर्न पूर्व तयारी अभ्यासको डेमो प्रस्तुत गरेको हो ।
समाजिक सञ्जालमा भिडियो बनाउने क्रममा धेरैले ज्यान गुमाएपछि प्रदशे प्रहरीको आयोजनामा मंगलबार तलिम सम्पन्न भएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका अन्तरीक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न हो । उनले विपद् उद्दार तथा व्यवस्थापनमा टोलीले उच्च मुल्यांकन गरेकाले सिमुलेश प्रदर्शन सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक कृष्णहरी शर्माले कार्यक्रम सफल बनाउन खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई धन्यबाद व्यक्त गर्दै विपद् जुनसुकै बेला आउनसक्ने भएकोले प्रहरी कर्मचारी २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
आर्थिक वर्षका अन्त्ये तिर बढि वर्ष हुने भएकाले पहिलो लगायतका अन्य प्रकारका विपद व्यवस्थापनमा तयार अवस्थामा बस्नुपर्ने उनले बताए । उनले भने, ‘यो कार्यक्रम आम नगरिकहरूले विपदको समयमा के गर्ने, विपदको समयमा सम्बन्धित निकाय बिच कसरी समन्वय गर्ने र विपद्लाई कसरी न्यूनीकरण गर्ने भन्ने जानकारी दिने हाम्रो उद्देश्य हो ।’ कार्यक्रममा आत्मअत्या गर्न लागेकी एक अविवाहित महिलाको कथा प्रस्तुत गरिएको थियो ।
तपाईको प्रतिक्रिया