यमाहा रेजेडआरको फोटो कन्टेस्ट
समाधान संवाददाता
२०७९ असार ७ गते १९:०६

पोखरा, ७ असार
भिएडब्लु इन्टरप्राइजेजले यमाहा रेजेडआर १२५ सिसी फोटो कन्टेस्ट आयोजना गरेको छ । भिएडब्लु यो क्षेत्रमा यमाहाको आधिकारिक बिक्रेता हो ।
फोटो प्रतियोगितामा विजेताले नगद १० हजार र उपविजेताले नगद ७ हजार पाउने छन् । उनीहरुलाई ६ महिना इन्जिन आयल सित्तैमा उपलब्ध गराइनेछ । प्रतियोगितामा सहभागी हुन रेजेडआर १२५ सिसीका चालकले आफू र स्कुटरसहितको फोटो यमाहा पोखराको आधिकारिक फेसबुक पेज वा इमेलमा पठाउनुपर्ने म्यानेजर सुरेन्द्र रेग्मीले जानकारी दिए ।
यो योजना असार महिनाभर लागू हुने रेग्मीले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया