कर्णालीका विद्यार्थीलाई पोखरेली विद्यार्थीको साथ

समाधान संवाददाता २०७९ असार ८ गते ११:४०

पोखरा ।
पोखराका केही युवा विद्यार्थी मिलेर कर्णाली प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीलाई पुस्तक अभियान चलाएका छन् । पोखरामा पुराना र नयाँ पुस्तक संकलन गरी उनीहरुले वितरणका लागि कर्णाली लैजान लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरु यो अभियानमा लागेका हुन् ।

एजुकेट नेपाल नारा दिएर उनीहरुले अभियानलाई चलाएको बढाएको अभियानका सदस्य देव भुजेलले बताए । उनीसगँै स्मित लामिछाने, कृष्ण पौडेल, प्रदीप भट्टराई, सञ्चिता थापा, विवश रिजाल, सुशान पौडेल, निदेश महत र गौरी भुजेल छन् ।
उनीहरुले पोखरा संकलन गरेका किताब, कापी कर्णालीको कालिकोटका विभिन्न गाउँपालिकाका विद्यालयका विद्यार्थीलाई वितरण गर्ने अभियानका सदस्य स्मित लामिछानेले बताए । उनीहरुले कक्षा ५ देखि १० सम्मका विभिन्न विषयका ४ हजार किताब संकलन गरेका छन् ।

संकलन गरेका किताब, कापी र कपडा मंगलबार बिहान लिएर उनीहरु कर्णाली हिडेका छन् । ‘समाचारहरुमा किताब नपाएर विद्यार्थी पढ्न नपाएको सुनेका थियौं,’ अभियानका सदस्य देव भुजेलले भने, ‘कक्षा १२ को परीक्षा दिएर सकिनेबित्तिकै अभियान सृुरु गरेका हौं ।’ अभियान थाहा पाएपछि सबैले खुसी हुँदै सहयोग गरेरको भुजेलले बताए । उनले कसैले किताब, कपी, कपडा र नगद समेत सहयोग गरेको जनाए ।

Advertisement

संकलन भएका सबै किताब, कापी र कपडा सम्बन्धित विद्यार्थीलाई नै दिइने अभियानका अर्का सदस्य कृष्ण पौडेलले बताए । ढुवानीका लागि मात्रै १ लाख रुपैयाभन्दा बढी खर्च लाग्ने उनले बताए । किताब, कापीमात्रै नभएर नगद पनि सहयोग गरेका कारण ढुवानीका लागि लाग्ने खर्चसमेत उठेको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया