हिमालयन हाइड्रोको आइपिओ आउँदै

समाधान संवाददाता २०७९ असार ८ गते १३:५७

काठमाडौं ।
हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार १५ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले प्रतिसय १ सय अंकित मूल्यका दरले ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा २ लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २ सय ५० कित्तासहित१९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।

कम्पनीले निष्कासन गर्ने कुल सेयरमध्ये ३९ हजार ३ सय ६५ कित्ता कर्मचारी र ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । त्यसमा बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयरमा सर्वसाधारणले असार १९ सम्म आवेदन दिन पाउने तथा निष्कासनबमोजिम माग नआए ढिलोमा असार २९ गतेसम्म कम्पनीको आइपिओ बिक्री खुला रहनेछ ।

Advertisement

गानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।

कम्पनीले कास्कीको मादी गाउँपालिकामा रहेको मादी नदीको बहाव प्रयोग गरेर ११.८८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी– आइआर बी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया