ब्लड बैंकलाई प्रभु बैंकको १ लाख सहयाेग

पोखरा ।
प्रभु बैंक गण्डकी प्रदेश कार्यालयले नेपाल रेडक्रस सोसाइटी कास्कीको गण्डकी प्रदेश स्तरको अत्याधुनिक रक्त सञ्चार सेवा (ब्लड बैक)सहितको बहुउद्देश्यीय भवन निर्माणका लागि १ लाख आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सहयोग गरेको बैंकका प्रदेश प्रमुख राजु रानाले जानकारी दिए ।
उनले रेडक्रसको भवन निर्माणमा सानो योगदान गरेर ईंट्टा थपेको बताए । उनले आगामी दिनमा समेत वित्तीय साक्षरता लगायत अन्य कार्यक्रममा समेत जोडिने बताए । नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डोलराज पाण्डेले रेडक्रसलाई माया गर्नेबाट भएको सहयोगबाट भवन निर्माण हुँदै गरेको जानकारी दिए । ‘प्रभु बैंक नेपालको स्थापित बैंक हो,’ उनले भने, ‘बैंकले गरेको सहयोग हाम्रो लागि ठूलो हो । आगामी दिनमा समेत बंैकलाई जोडिन आग्रह गर्दछु ।’
सभापति पाण्डेले व्यक्तिगत, दातृ संस्थाको सहयोगमा विपद् व्यवस्थापनदेखि रक्त सञ्चार सेवालाई अगाडि बढाएको जानकारी दिए । उनले मनसुनी वर्षात सुरुवातसँगै बाढी, पहिरोबाट प्रभावितलाई राहात उद्दारमा रेडक्रमकर्मी खट्ने बताए । रेडक्रस सोसाइटी कास्की उपसभापति तथा भवन निर्माण समितिका संयोजक डण्डराज शर्माले ७ करोड ३२ लाख १३ हजार ७ सय ५८ लागतमा भवन बन्न लागेको जानकारी दिए । २०७६ फागुन १२ गते सम्झौता गरेको सिद्धार्थ कन्ट्रक्सन प्रालि चावाहिलले काम थालेको २४ महिनाभित्र भवन सक्ने लक्ष्य लिएको छ ।
अहिलेको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान परिसरमा रामघाटको विकल्पमा सिर्जनाचोकमा अन्डरग्राउन्ड पार्किङसहित ३ तले भवन सुविधा सम्पन्न भवन बनाउन थालिएको छ । अपांगमैत्री लिफ्ट सहितको ब्लड बैंकको मुल भवनबाट प्रदेश स्तरको सेवा प्रदान गरिने उपसभापति डण्डराज शर्माले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कास्कीका प्रमुख प्रशासकीय अधिकृत मोहनसिंह खड्काले गण्डकी प्रदेशकै गौरव तथा महत्वकाक्षी योजनालाई सफल पार्न सहयोग गर्न सबै स्थानीय संघ, संस्थालाई आग्रह गरे ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया