रुपा गाउँपालिकामा जिससको अनुगमन

समाधान संवाददाता २०७९ असार ९ गते ११:५१

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीको टोलीले रुपा गाउँपालिकामा बुधबार अनुगमन गरेको छ । प्रमुख लीलाधर पौडेलको नेतृत्वमा सो गाउँपालिकामा संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित विभिन्न विकास योजनाको अनुगमन, निरीक्षण गरिएको हो ।

प्रमुख पौडेलले संघीयताको मर्म अनुसार काम सम्पन्न गर्न आग्रह गर्दै जनताको विकासको अपेक्षा पूरा गर्न गुणस्तरीय परिणाम निस्कने री कार्य गर्न आग्रह गरे । उनले नागरिकले कुनै पनि बहानामा दुःख पाउन नहुने भन्दै सबै जनप्रतिनिधि जनताको अवस्था परिवर्तन गर्न लागि पर्नुपर्ने बताए ।

अनुगमनमा समन्वय समिति कास्की उपप्रमुख सरिता माल, कास्कीका समन्वय अधिकारी नवराज बराल, समन्वय कास्की सदस्यद्वय राजु अधिकारी र हर्कबहादुर गुरुङ, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, उपप्रमुख लालसुब्बा गुरुङ, प्रशासकीय अधिकृत सन्तोष ढुंगाना लगायत सहभागी थिए ।

Advertisement

टोलीले स्थानीय साझेदारी कार्यक्रम अन्तर्गत रुपा गाउँपालिका वडा नम्बर ३ मा निर्माणाधीन गाउँघर क्लिनिक स्वास्थ चौकी भवन, सेवा प्रदान गरिरहेको रुपाकोट अस्पताल, पालिकाको प्रशासकीय सेवा, सञ्चालित अन्य योजना अनुगमन गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया