लायन्स पोखरा लेखनाथले विद्यालयलाई सहयोग
लेखनाथ ।
लायन्स क्लब अफ पोखरा लेखनाथले पोखरा २७ मा रहेको कल्याण आधारभूत विद्यालयलाई सहयोग गरेको छ ।
लायन्स क्लबले अगाडि सारेको विद्यालय सहयोग कार्यक्रम अन्तर्गत मंगलबार उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्टेसनरी र सिलिङ पंखा सहयोग गरेको हो । लायन्स क्लब ३२५ जेका गर्भनर ध्रुव श्रेष्ठले लायन्स क्लबले हरेक क्षेत्रमा सहयोग गरे पनि विशेष गरी शिक्षाको क्षेत्रलाई प्राथमिकता दिएको बताए ।
लायन्स पोखरा लेखनाथका अध्यक्ष घनश्याम ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब ३२५ जेका सचिव मधुसुधन कोइराला, डिस्ट्रिक्ट कोअर्डिनेटर राजु श्रेष्ठ, डिस्ट्रिक्ट चियर पर्सन अरुणा श्रेष्ठ, पोखरा महानगरपालिका वडा नम्बर २७ का वडा सदस्य जितेन्द्र क्षेत्री, कल्याण आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष जसबहादुर गुरुङ, प्रकाशलाल श्रेष्ठ, क्लबका प्रथम उपाध्यक्ष आनन्द बजगाईं र सचिव अर्जुन भुजेल, द्वितीय उपाध्यक्ष कृष्णप्रसाद गौतम लगायतले बोलेका थिए ।








गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया