एकीकृत सरकारी कर्मचारी संगठनमा ईश्वरी

पोखरा ।
पेशागत महासंघ नेपाल कास्कीको जिल्ला स्तरीय भेला तथा एकीकृत सरकारी कर्मचारी संगठन नेपालको पोखरा महानगर कमिटी घोषणा भएको छ । भेलाले ईश्वरीप्रसाद पोखरेलको अध्यक्षतामा प्रदीप क्षेत्री, डिल्लीराम गिरी उपाध्यक्ष, धर्मराज चौलागाई तथा सत्यराज साँखी सचिव एवं झंकनाथ पौडेल कोषाध्यक्ष रहेको १५ सदस्यीय एकीकृत सरकारी कर्मचारी संगठन नेपाल पोखरा महानगर कमिटी गठन गरेको छ ।
कार्यक्रममा पेशागत महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष उदय शर्माले राष्ट्रसेवक कर्मचारी तथा पेशा व्यवसायीले पेशागत अनुशासन र मर्यदामा रहेर राष्ट्रको सेवा गर्नुपर्ने बताए । उनले कर्मचारी तथा पेशाकर्मी कार्यक्षेत्रमा खटिँदा आई पर्न सक्ने हरेक समस्यमा पेशागत महासंघले सारथिको भमिकामा सहयोग तथा समन्वय गर्ने प्रतिवद्धता गरे । नेकपा एसका स्थायी कमिटी सदस्य चूडामणि जंगली र पोलिटब्युरो सदस्य श्रीनाथ बरालले मुलुकको हित र समृद्धिमा पेशाकर्मीको उच्च भूमिका रहने बताए ।
जनताको हितमा निस्वार्थ एवं निष्पक्ष भएर क्रियाशील हुनुपर्नेमा उनीहरुले जोड दिए । नेकपा एसका केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कर्मचारी आफ्नो पेशाप्रति इमानदार र कर्तव्यनिष्ठ हुन सकेमा कुनै पनि संस्थाले प्रगति गर्न समय नलाग्ने विचार राखे । उनले पोखरा महानगरलाई आधुनिक र युगसापेक्ष महानगर बनाउन सबैको साथ जरुरी रहेको बताए ।
कार्यक्रममा पेशागत महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष डा टंक अधिकारी, एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्यहरु चुडाबहादुर जिसी, दिनेश लम्साल, कास्की उपाध्यक्ष मोतीप्रसाद पौडेल, दधिराम पौडेल र सोमलाल तिवारी लगायतले बोलेका थिए । पेशागत महासंघ नेपाल कास्की जिल्ला अध्यक्ष गुमान अर्यालको अध्यक्षतामा कार्यक्रम भएको हो ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया