कर्मचारी आन्दोलनले मणिपालको सेवामा अवरोध

पोखरा ।
मणिपाल शिक्षण अस्पतालको सेवामा अवरोध भएको छ । तलब वृद्धि, बिदा कटौती, सुत्केरी बिदा र किरिया बिदासमेत कटौती भएको आरोपसहित कर्मचारीहरु आन्दोलित भएका हुन् । कर्मचारीहरुले बिहान साढे ८ बजेदेखि मध्यान्ह १२ बजेसम्मको ओपिडी बन्द गरेका छन् । सेवामा अवरोध हुँदा उपचारका लागि दिनहुँ पुग्ने सयौं बिरामी मर्कामा परेका छन् ।
शिक्षण अस्पतालका सबै शैक्षिक गतिविधि पनि कर्मचारीले रोकेका छन् । सरल र सुलभ तवरले सेवा दिने अस्पतालमा हड्ताल हुँदा सेवाग्राही मर्कामा परेका छन् । साढे १२ बजेसम्म हड्ताल भनिए पनि १ बजेबाट मात्रै ओपिडी चलेको छ । कर्मचारीको अवरोधपछि टोकनका आधारमा सिमित बिरामीलाई मात्र अस्पतालले सेवा दिएको छ ।
मणिपाल कर्मचारी युनियन अध्यक्ष अमृतबाबु पौडेलले काजकिरिया बिदा माग्दासमेत अस्पताल प्रशासनले जागिर छोड्न भनेकाले आन्दोलन गर्नुपरेको दाबी गरे । अस्पतालसँग असन्तुष्ट कर्मचारी धर्नामा उत्रिएका छन् । अस्पलाका प्रशासक भानु भरद्वाजले भने कर्मचारीले लगाएका सबै आरोप झूठा भएको दाबी गर्छन् ।
उनले मिडियाले समेत कर्मचारीको मात्र कुरा सुनेर एकतर्फी समाचार दिएको गुनासो गरे । उनी भन्छन, ‘हामीले डेथ सर्टिफिकेटको आधारमा किरिया बिदा दिएका छौँ । सुत्केरी बिदा पनि दिएका छौँ । श्रम ऐन पालना गरेका छौँ ।’
उनले कसैलाई कारवाही गर्ने नसोचेको र वार्ताबाटै समस्या समाधान गर्न चाहेको बताए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया