शिव चौतारी म्याग्दी पोखरा समाजमा जयलाल

समाधान संवाददाता २०७९ असार १० गते ११:२२

पोखरा ।
शिव चौतारी म्याग्दी पोखरा समाजले जयलाल पुनको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । समाजको १२ औं साधारण सभा तथा तेस्रो अधिवेशनबाट अवसरमा नयाँ कार्यसमिति बनाएको हो ।

नयाँ कार्यसमितिको सहअध्यक्षमा हरिमाया पुन, वरिष्ठ उपाध्यक्षमा सु. टेकबहादुर केसी, उपाध्यक्षमा तमबहादुर रोका, उपाध्यक्ष सु. रुकमण्ड चौचांगी, सचिवमा प्रेम घले, सहसचिवमा टेकबहादुृर रोका, कोषाध्यक्षमा सीता रोका, सहकोषाध्यक्षमा लालकुमारी बुढाथोकी छन् । सदस्यमा प्रेमकुमारी चोचांगी र सदस्यमा भूमीकला चोचांगी चुनिएका छन् ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सु. टेकबहादुर केसी, सदस्य सुवेदार बलबहादुर थापा, उपाध्यक्ष तमबहादुर रोका, तेजिन्द्र थापा, रामजी पोखरेलले कार्यक्रममा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया