टिसिएल बन्यो विश्वकै ठूलो टिभी ब्रान्ड

समाधान संवाददाता २०७९ असार १० गते ११:३७

काठमाडौं ।
टिसिएल ब्रान्डलाई ओम्दिया ग्लोबल टिभी डिजाइन एन्ड फिचर्स ट्र्याकर रिपोर्टले ग्लोबल नम्बर १ एन्ड्रोइड टिभी ब्रान्ड चयन गरेको छ । ओम्दिया ग्लोबल टिभी डिजाइन एन्ड फिचर्स ट्रयाकर रिपोर्टका अनुसार गत वर्ष सन् २०२१ मा १८ करोड ९० लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो ।

त्यसमध्ये ७ करोड ३२ लाख वटा एण्ड्रोइड स्मार्ट टिभीको सिपमेन्ट भएका थिए । जसको २०.७५ टिभी अर्थात १ करोड ५१ लाख वटा टिसीएलको टिभीको सिपमेन्ट भएको थियो । टिसीएल नेपालमा समेत चिनिएको ब्रान्ड हो । ३२ देखि ७५ इन्चसम्मका स्मार्ट र नन–स्मार्ट मोडलमा उपल्ब्ध टिसिएल ब्राण्डले नेपालमा क्युलेड फोरके, फोरके युएचडी, कर्भड स्मार्टका साथै गुगल टिभी पनि भित्याएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया