सम्पादकीय: फेवा संरक्षणको नाममा दोहन नहोस्

समाधान संवाददाता २०७९ असार १० गते १२:००

पोखराको फेवाताल प्राकृतिक तथा मानवीय अतिक्रमणको कारण परेको छ । उच्च वर्षात र फेवा जलाधार क्षेत्रको कमजोर भूबनौटको कारण जलाधार क्षेत्रबाट आएको बाढी पहिरोको कारण फेवाको आयु घट्दो क्रममा छ । जलाधार क्षेत्रको करिब ६४ प्रतिशत भूभाग भूक्षयको उच्च जोखिममा छ ।

Advertisement

बाढीपैरो खोला किनारा कटान र थ्रेग्रिकरणले वर्षेनी ताल पुरिने क्रम बढ्दो छ । जलाधार क्षेत्रबाट झरेको ग्रेगानलाई समयमा रोक्न नसके ताल बगरमा परिणत हुन बेर लाग्दैन । १ सय २३ वर्गकिमीको फेवाजलाधार क्षेत्रमा प्रतिवर्ष प्रति हेक्टर १७ दशमलब ३७ घनमिटरको दरले ग्रेगान भूक्षय हुने गरेको छ । समग्र जलाधारक्षेत्रबाट प्रतिवर्ष १ लाख ७५ हजार देखि २ लाख २५ हजार घनमिटर गेग्रान थुप्रने गरेको छ । खुकुलो भूबनोट तथा अत्यधिक वर्षातको कारण हर्पन अंधेरी लगायतका सहायक खोलाहरुले बगाएर ल्याउने ढुंगा माटोले ताल पुरिदै गएको छ ।

यसरी बर्सेनि थपिने नदीजन्य वस्तुले तालको आकार साँघुरो बनाउँदै लगेको छ । २२ हजार रोपनी क्षेत्रफल भएको फेवाताल १० हजार रोपनीमा संकुचित भएको छ । जलाधार क्षेत्रबाट आउने गेग्रानलाई हरेक खोलामा रोक्न पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले फेवातालको मुख्य पानीको स्रोत हर्पन, खहरे, लौरुक र बेत्यायिनी खोलामा सिल्ट्रेसन ड्याम बनाएको छ । भौगोलिक अवस्था नहेरी गलत ठाउँमा ड्याम बनाएको कारण त्यसले झन समस्या थपेको छ । प्रदेशले तत्कालीन नीति तथा योजना आयोगको अध्ययन समितिले ‘फेवा सिल्टेसन ड्याम समस्या र न्यूनीकरणका उपाय’ नामक अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

Advertisement

जसले फेवाका मुहानको रुपमा रहेका खोलामा गुणस्तरहीन काम भएको तथ्य बाहिर ल्याएको थियो । तर निर्माण सकिएर हस्तान्तरण भएको महिना दिन नबित्दै भत्किएका छन् । जोगाउनुको सट्टा ड्याम तलका बस्ती जोखिममा पारेको छ । खेतीयोग्य जमिनमा क्षति पु¥याएको छ । हाल, भत्किएको ड्यामलाई टालटुल पारेर पुरानै स्वरुपमा त फर्काइएको छ । गत वर्ष बर्खामा करोडौं खर्चेर बनेको हर्पन खोलाको ड्याम खण्डहर बन्यो । बाँकी ड्याम पनि खोलाको तोड धान्न नसक्ने अवस्थामा छन् । ड्यामले तालको भविष्य २८ करोड खर्चेर बनाएको ड्याम भत्केपछि अब त्यहाँ फेरि संरचना निर्माण गर्न त्यसको दोब्बर अर्थात् ५४ करोड रुपैयाँ लाग्ने स्टिमेट निस्किएको विवरण सार्वजनिक भएको छ ।

फेवातालको दीर्घकालिन रुपमा संरक्षण गर्नको लागि खोला मिसिने वेलमामा भन्दा पञ्चासेदेखि साना खोलाहरुमा चेकड्याम बनाएर ग्रेग्रान रोक्ने रणनीति बनाउनु पर्छ । ठाउँ ठाउँमा कृतिम पोखरी बनाएर तालमा शुद्ध पानी पठाउने व्यवस्था मिलाउनु पर्छ । गाउँ गाउँमा बाटो फेवातामा माटो भएकोले जथाभावी मोटरबाटो खन्न दिन हुदैन । उपल्लो तटीय क्षेत्रमा भूक्षय रोक्न सहयोग गर्ने खेती बाली लगाउनेदेखि वृक्षरोपणमा ध्यान दिनु पर्छ । समग्र जलाधार क्षेत्रलाई केन्द्र विन्दुमा राखेर ताल संरक्षणको कार्यक्रम गर्नु पर्छ । रामसार सूचीमा परेको फेवालाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्दै फेवाको आयु बढाउनको लागि उच्च वर्षात र फेवा जलाधार क्षेत्रको कमजोर भूबनौटलाई मध्यनजर राखेर एकीकृत योजना बनाउन आवश्यक छ ।

Advertisement

तपाईको प्रतिक्रिया