पाेखरामा स्क्वास प्रतियाेगिता जारी

समाधान संवाददाता २०७९ असार १० गते १३:३०

पाेखरा ।

विश्व ओलम्पिक डे काे अवसर पारेर स्क्वास र्याकेट एशाेसियशन कास्कीले पाेखरामा पाेखरा महानगर स्क्वास प्रतियाेगिता आयाेजना गरेकाे छ ।

पाेखरा महानगर पालिका खेलकुद विकास समितिकाे सहयाेगमा विहिबारबाट सुरु प्रतियाेगिताकाे गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले उद्घाटन गरेका थिए । मन्त्री गुरुङले एशाेसियशन कास्कीका अध्यक्ष पुष्पराज श्रेष्ठलाई बल हस्तान्तरण गरेर प्रतियाेगिता उद्घाटन गरेका हुन् ।

Advertisement

पाेखरा रंगशालामा निर्मित काेर्टमा सञ्चालित साे प्रतियाेगितकाे फाइनल शनिबार हुँदैछ । प्रतियाेगितामा कास्कीका २३ जना स्क्वास खेलाडी सहभागी छन् । प्रतियाेगिताकाे दाेश्राे दिन पाेखरा महानगर पालिकाका मेयर धनराज आचार्य स्क्वास काेर्ट मै गएर खेलाडीहरुकाे हाैसला बढाएका थिए ।

ए र बी गरी दुई पाेल गरी खेलाइएकाे प्रतियाेगितामा विहीबार पहिलाे चरणका खेल भएका थिए भने शुक्रबार क्वाटर फाइनल र सेमिफाइनलका खेेलहरु भैरहेका छन् । शनिबार फाइनल प्रतिस्पर्धा हुने स्क्वास र्याकेट एशाेसियशन कास्कीका सचिव प्रविण पालिखेले जानकारी दिए ।

Advertisement

प्रतियाेगिता उद्घाटन गर्न पुगेका मन्त्री गुरुङले काेर्टकाे भाैतिक पूर्वाधार बनाउनका लागि प्रदेश सरकारले सहयाेग गर्ने बताएका थिए । हाल एउटा मात्र काेर्ट रहेकाेमा साेही स्थानमा थप २ वटा काेर्ट बनाउने पूर्वाधार तयार छ । नवाैं राष्ट्रिय खेल हुनु अघि नै प्रदेश सरकारले बजेट दिएर थप एउटा काेर्ट सम्पन्न गर्ने आश्वासन मन्त्रीले गुरुङले दिएका हुन् ।

त्यस्तै प्रतियाेगिताकाे दाेश्राे दिन उपस्थित पाेखरा महानगरका प्रमुख आचार्यले विद्यालय स्तरीय प्रतियाेगिता आयाेजना गर्न सुझाव दिएका छन् । युवा र विद्यार्थीलाई आर्कषण गरेमात्र खेलाडी उत्पादन हुन सक्छन् भन्दै उनले त्यस्ता प्रतियाेगितालाई महानगरले सहयाेग गर्ने बताए ।

तपाईको प्रतिक्रिया