
तनहुँ ।
जिल्ला नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाविसअन्तर्गत १७ गाउँ ब्लकमा नापी सम्पन्न भएपछि ती परिवारलाई लालपूर्जा वितरण गरिएको हो ।
गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए। ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रुपमा पूर्जा वितरण गरेका हुन् ।
पूर्जा पाएपछि स्थानीयवासी खुशी भएका छन् । पूर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैङ्कबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न तथा अंशवण्डा गर्नबाट वञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्सानाप गरिएको थियो । तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो ।
एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्सा गर्न छुटेको थियो । उक्त समयमा ती जग्गामा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगचलनका आधारमा पूर्जा वितरण गरेको हो । कार्यालयले यसअघि तनहुँको आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा पनि गाउँ ब्लकअन्तर्गतका पूर्जा वितरण गरेको थियो । जिल्लामा २०७१ सालदेखि गाउँ ब्लक नाप्न थालिएको हो ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया