मुस्ताङको घरपझोङमा ३४ करोड ३५ लाखको बजेट (पूर्णपाठसहित)

समाधान संवाददाता २०७९ असार १० गते १६:३६

जोमसोम

मुस्ताङको घरपझोङ गाउँपालिकाले आगामी आ.व. २०७९÷०८० का लागि ३४ करोड ३५ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
‘समावेशी,सामाजिक रुपान्तरण,प्रकृति सरक्षण र सस्कृति । कृषि,पर्यटन,पर्यावरण,पूर्वाधार घरपझोङको समृद्धि’भन्ने मुलमन्त्रसहित घरपझोङ गाउँपालिकाले बिहिबार वार्षिक नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका उपाध्यक्ष जमुना थकालीले प्रस्तुत गरेको घरपझोङको बजेटमा चालु बजेट १७ करोड ४० लाख र पुँजिगततर्फ १६ करोड ९४ लाख बजेट रहेको बताईन् । उपाध्यक्ष थकालीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ शसर्त बजेट ९ करोड ३८ लाख र पुँजिगत सशर्त बजेट २ करोड २४ लाख छ ।यस्तै संघीय विशेष अनुदान २ करोड ७० लाख रहेको छ भने प्रदेशतर्फ विशेष अनुदान र समपुरक अनुदान गरी १ करोड २५ लाख छ ।यस्तै,गाउँपालिकाको आन्तरिक श्रोत ८५ लाख ४५ हजार र नवप्रवधानात्मक साझेदारी कोष ६५ लाख छ ।

घरपझोङ गाउँपालिकाले पूर्वाधार विकासतर्फ १ करोड २५ लाख,सामाजिक विकास तर्फ ६५ लाख,वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७० लाख ९३ हजार,सुशासन तथा संस्थागत विकासमा ३० लाख र आर्थिक विकासतर्फ १ करोड २५ लाख बजेट विनियोजन गरेको जनाईएको छ ।घरपझोङको बजेटमा संघीय सरकारको वित्तिय समानिकरणबाट ७ करोड २१ लाख र गण्डकी प्रदेशको वििित्तय समानिकरण ६६ लाख ६७ हजार छ ।यस्तै,राजवश्व बाँडफाँडतर्फ संघीय राजश्व ४ करोड ३७ लाख र प्रदेशको राजश्व १७ लाख ५२ हजार समावेश गरिएको छ ।

Advertisement

घरपझोङ गाउँपालिकाले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा सन्तुलित एवं समन्यायिक विकासको माध्यमबाट समतामुलक र समृद्ध समाजको निर्माण गर्ने लक्ष्यसहित आर्थिक विकासमा सवलिकरण,सामाजिक रुपमा एकतावद्ध ,सांस्कृतिक रुपमा मौलिक गन्तव्य पहिचान गरी सुन्दर र समृद्ध पर्यटकीय गाउँपालिका बनाउने परिकल्पना गरिएको छ ।आगामी आर्थिक वर्षमा विकास योजनाको सुनिश्चिता गर्ने,अधुरा योजनालाई प्राथमिकतामा राख्ने गरीबी निवारण तथा आर्थिक विकासका कार्यक्रम तर्जुमा गर्ने ,विकासको काममा भौगोलिक समानता कायम राख्ने, वडा तथा बस्तीबाट छनौटमा परेका योजनालाई आवधिक योजनामा समेट्ने ,पर्यटन प्रर्वद्धनमा जोड दिने,रोजगारी उन्मुख योजना छनौट गर्ने,दिगो प्रतिफल र जीवन स्तर उकास्ने कार्यक्रम छनौट गरिने र जन चाहना बमोजिक आयोजनाहरु छनौट गर्ने लगायतका कार्यक्रम छन् ।
घरपझोङले आर्थिक विकासतर्फ १ करोड २५ लाख बजेट विनियोजन गरेको छ ।जसअन्तर्गत कृषितर्फका कार्यक्रममा घरपझोङका किसानलाई ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ ।बाख्रा पालन तथा पशुपालन विस्तारको लागि औषधि खरिद,रैथानेबालीको सरक्षण,लुलु गाईको सरक्षण तथा प्रर्वद्धन गर्न बजेटको सुनिश्चिता गरिएको छ ।लुघु उद्यम,साना सिचाई र खेतीयोग्य जमिनमा तारबार लगाउन बजेट छुट्याईएको छ ।
आर्थिक विकासका लागि २ करोड विनियोजन गरिएको छ ।प्रदेश तथा संघबाट आउने समपुरक आयोजना कार्यान्वयन गर्ने र माकैसाङ खोला ठिनी सिचाईलाई प्रदेशको ५० करोड बजेट विनियोजन गरिएको छ ।
पूर्वाधारतर्फ आगामी आवमा शसर्त अनुदान बाहेक पूर्वाधार निर्माणमा १ करोड २५ लाख विनियोजन गरिएको हो । पूर्वाधारतर्फ विनियोजित बजेटले गाउँपालिका क्षेत्रभित्र फ्रि वाईफाई र सिसी टिभि जडान गरिने छ । कालिगण्डकी नदी तथा शाखा नदीको ईआईए गर्ने,पुल पुलेसा,पुराना स्कुलको स्तरोन्नति गर्ने,महिला समुह भवन,स्वास्थ्य चौकी सिचाई कुलो ,ढल र नदी नियन्त्रण तटबन्ध निर्माणमा जोड दिईनेछ ।पूर्वाधार तर्फ आगामी आर्थिक वर्ष प्रशासकीय भवनका लागि १ करोड विनियोजन गरिएको छ । यस्तै गे्रडिङ उपकरणसहितको कोल्ड स्टोर निर्माण गर्ने संघीय सरकारको १ करोड विनियोजन गरिएको छ ।
सामाजिक विकासतर्फ ६५ लाख विनियोजन भएकोमा सो रकमबाट कोरोना व्यवस्थापन र प्रकोप नियन्त्रण गर्न १५ लाख,संघीय सरकारको हस्तान्तरित कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री खरिद गर्ने,चिमाङ आधारभुत स्वास्थ्य केन्द्र भवनबाट सेवा प्रवाह गर्ने सुत्केरी तथा सुनौलो हजार दिन कार्यक्रम कार्यान्वयन गर्ने,पूर्ण खोप कार्यक्रमको सुनिश्चिता गर्ने मुस्ताङ दन्त उपचार केन्द्रलाई अनुदान,विभिन्न महिला संघसंस्थालाई व्यवस्थापन गर्ने,महिलाहरुको सीप तथा क्षमता विकासमा जोड दिने लैङ्गिक उत्तरदायी बजेट परीक्षण ,जेष्ठ नागरिक र अपाङ्ता भएका व्यक्तिलाई लाभान्वित हुने कार्यक्रम तर्जुमा गर्ने र ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमण गराउने आदी छन् ।
वातावरण तथा विपद् व्यवस्थापन तर्फ ७० लाख ९३ हजार विनियोजन गरिएको छ । जसमा कालीगण्डकी नदी तथा अन्य खोलाको नदी कटान रोकथाम गर्न तटबन्ध लगाउन बजेट प्रस्ताव गरिएको छ ।ढुम्बा जाने पुलदेखि धैती टुलो ढुङ्गासम्म तटबन्ध गर्न ७० लाख र मार्फा खोला तटबन्धमा ५० लाख विनियोजन गरिएको छ ।यस्तै गाउँपालिकाको फोहोर मैला व्यवस्थापन गर्न ल्याण्डफिल्ड साईड निर्माण गर्न १ करोड विनियोजन गरिएको छ ।
यस्तै,सुशासन तर्फ ३० लाख राखिएको छ । जसअन्तर्गत फोहोर मैला व्यवस्थापन,बार्षिक समिक्षा गोष्ठि ,उज्यालो घरपझोङ कार्यक्रम र सूचनाको हक सम्वन्धि तालिम छन् ।

Advertisement

तपाईको प्रतिक्रिया