पाेखराकाे नगर सभा एमालेद्वारा बहिस्कार

समाधान संवाददाता २०७९ असार १० गते १६:५३

पाेखरा ।

Advertisement

पाेखरा महानगर पालिकाकाे बजेट प्रस्तुत गर्ने नगर सभाकाे नेकपा एमालले बहिस्कार गरेकाे छ । नगर सभामा एमालेकाे बहुमत छ ।

नगर सभामा बजेट प्रस्तुत नहुँदै राताे किताब छापिएकाेले नगर सभा नै बहिस्कार गरेकाे एमाले नगर सभा दलका नेता राधिका याेगीलले समाधानलाई बताईन् । नगर सभामा प्रस्तुत भएपछि मात्र राता किताब छापिनु पर्छ भन्दै वडा नम्बर १७ कि वडाध्यक्ष समेत रहेकी याेगीले यस्ताे गम्भीर त्रुटी सच्याउन माग गर्दै नगर सभा बहिस्कार गरिएकाे बताइन् ।

आज दिउसाे ४ बजेका लागि पाेखरा सभागृह पाेखराकाे ११ ‍औं नगर सभाकाे आयाेजना गरिएकाे थियाे । महानगरका मेयर धनराज आचार्यकाे अध्यक्षतामा बस्ने नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रम थियाे ।

Advertisement

तपाईको प्रतिक्रिया