अटेरीको प्रश्न सवारीमा किन यति विघ्न मूल्यबृद्धि ?

पोखरा ।
गण्डकी सरकारले नयाँ बजेटमा सवारी कर ह्वात्तै बढाएको छ । एउटै सवारीमा १० हजार बढीका दरले मूल्यबृद्धि गरिएको छ ।
चौतर्फि रुपमा बढी रहेको मूल्यबृद्धिले आहात जनताथि थप मुल्यबृद्धिको शृंखला किन चलाइयो ? अटेरी अभियानले यही प्रश्न बोकेर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्कालाई राखेको छ ।
शुक्रबार अटेरी अभियानका अभियन्ताहरुले सवारीमा बढाइएको कर विरुद्ध मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझेपछि मन्त्री कुमार खड्काले करका शिर्षक छुट्याउने काम अर्थमन्त्रालयको भए पनि आश्चर्यजनक रुपमा सवारीमा कर बढाइएको बताए । ‘यो हाम्रो लागि आश्चर्यजनक पनि छ र आपत्तिजनक पनि छ,’ उनले भने, ‘विभागीय मन्त्रालयको सहमतिबेगर यो लेभलमा कर बढाउनु हुँदैन ।’
मुख्यमन्त्रीसामु पनि यस विषयमा कुरा राखेको उनले सुनाए । यातायातमा व्यापक सुधार गर्ने अभियानमा आफू रहेको उनले बताए । निर्वाचनको मुखमा कार्याकाल सकिने बेलामा मूल्यबृद्धि गरिनु आपत्तिजनक रहेको उनको भनाई छ । मन्त्री खड्काले मुख्यमन्त्रीसामु अर्थमन्त्रीलाई बोलाएर तत्कालै निर्णय फिर्ता नलिए पार्लियामेन्टमा कुरा उठाउने बताएको सुनाए । एक जना मान्छेले जनतलाई ठूलो मर्का पर्ने गरि एकल निर्णय गरेर जानु लोकतन्त्रको लागि घातक रहेको समेत उनको भनाई छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले आय बढाउन नसक्दा जहिले पनि परनिर्भर रहनु पर्ने अवस्था रहेको बताए । औद्योगिक क्षेत्रहरु ठप्प रहेको अवस्थामा यातायात करको प्रमुख क्षेत्र रहे पनि आफूहरुको ध्यानकार्षण गराएको उनले बताए ।









ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया