घरपझोङका महिलालाई ४ दिने उद्घोषण तथा भाषणकला तालिम

जोमसोम–
मुस्ताङको घरपझोङ गाउँपालिकाले पालिका अन्तर्गतका महिला विकास समिति र विभिन्न संघसंस्थामा आवद्ध महिलाहरुलाई लक्षित गरी ४ दिने उद्घोषण तथा भाषणकला तालिम सुभारम्भ गरेको छ ।घरपझोङ गाउँपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको महिला क्षमता तालिमको शुक्रबार उपाध्यक्ष जमुना थापामगर थकालीले उद्घाटन गरिन् ।
विभिन्न संघसंस्थाहरुमा आवद्ध महिलाहरुलाई कुनै पनि सभा समारोहरुमा निर्धक्क आफ्नो कुरा प्रस्तुत गर्न योग्य बनाउने उद्देश्यले घरपझोङ गाउँपालिकाको महिला तथा बालबालिका शाखाले महिलाहरुको क्षमता विकासका लागि उद्घोषण तथा भाषणकला कार्यक्रम आयोजना गरेको महिला तथा बालबालिका शाखा प्रमुख सरिता थकालीले जानकारी दिईन् ।

घरपझोङ गाउँपालिका अन्तर्गत विभिन्न संघसंस्थामा आवद्ध महिलाहरुलाई दिईने क्षमता विकास तालिमको उद्घाटन गर्दै उपाध्यक्ष जमुना थकालीले कुनै व्यक्ति जन्मजात सिक्ने र सिकाउने बिषयमा पूर्ण नहुँने भएकाले पालिकाले महिलाहरुलाई सक्षम बनाउन यसप्रकारको तालिम आयोजना गरेको उल्लेख गरिन् ।सदियौंकाल देखि महिलाहरु उत्पिडन र अत्याचारबाट पिल्सिदै आईरहेको अवस्थामा पछिल्लो समय महिलाहरुहरु जागरुक हुँदै गईरहेको बताईन् ।‘तपाईहरु आफैमा कमजोर नहुनोस,अधिकारका लागि आफ्नो कार्यक्षमतालाई स्तरवृद्धि गर्दै लैजानु होला,उपाध्यक्ष थकालीले भनीन् ,यो तालिमले तपाईहरुलाई स्वावलम्वन र निधक्क आफ्नो अभिव्यक्ति प्रस्तुत गर्न मार्ग निर्देशन गर्नेछ ।

प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद अचार्यले ४ दिने महिला क्षमता विकास तालिमले यहाँका महिलाहरुको क्षमता विकासमा योगदान पुग्ने विश्वाश व्यक्त गरे ।तालिमका सहजकर्ता नेपाल पत्रकार महासंघ गण्डकीका पूर्ण उपमहासचिव गणेश पौडेलले ४ दिने महिला उद्घोषण तथा भाषणकला तालिमले साँच्चैनै महिलाहरुलाई सक्षम बनाउन प्रेरणा मिल्ने बताए । ‘हाम्रो समाजमा अझै महिलाहरु खुलेर कुनै मञ्चमा आफ्नो कुरा व्यक्त गर्न नसक्ने अवस्था बिद्यमान छ,सहजकर्ता पौडेलले भने,‘ आफ्नो मन भित्रको डर र त्रास हटाएर निधक्क उभिएर हामी आफ्नो कुरो राख्न सक्यौं भने पक्कै महिला उत्थानमा टेवा पुग्नेछ ।’
घरपझोङको महिला तथा बालबालिका शाखाद्धारा आयोजित महिला क्षमता विकास तालिममा महिला विकास समिति ,विभिन्न संघसस्थामा आवद्ध करिव ३५ जना महिलाहरुको सहभागी रहेको जनाईएको छ ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया