शुभकामना गोल्डकपको फाइनल स्थगित

समाधान संवाददाता २०७९ असार ११ गते १०:०२

पोखरा ।

Advertisement

‘छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ ।

हेमजा युनाइटेड आयोजनामा असार ४ देखि सुरु भएको प्रतियोगिताको फाइन खेल स्थगित भएको हो । हेमजा युनाइटेडको स्थापना कालदेखि सहयोग गर्दै आएका अरविन कुँवरको दुर्घटनामा परी असामायिक निधन भएको कारण खेल स्थगित भएको हेमजा युनाइटेडका अध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए ।

दुखद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति होस भन्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको उनको भनाइ छ । असार ११ गते भनिएको फाइनल खेल स्थगित भई असार १२ गते आइतबार हुने आयोजकले जनाएको छ । प्रतियोगिता स्थगितले प्रायोजक, सहयोगी, शुभचिन्तक खेल प्रेमी तर्था दर्शकमा पर्न गएको असुबिधा प्रति आयोजक क्षमा याचना गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया