विद्यालयमा ‘युरोगाड’

पोखरा ।
बाल शैक्षणिक माध्यमिक विद्यालयमा शुक्रबारदेखि युरोगाडबाट फिल्टर भएको पानी पिउन सुरु भएको छ । साना किसान विकास लघुवित्त वित्तिय संस्था र माझकोट साना किसान कृषि सहकारीको सामाजिक उत्तरदायित्व शिर्षकमा प्राप्त भएको अनुदानबाट विद्यालयमा युरोगाड जडान भएको थियो । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा साना किसान लघुवित्तका पोखराका प्रबन्ध विदुर अर्यालयले युरोगाडको उद्घाटन गरेका हुन ।

अनुदानबाट प्राप्त २ लाख ४५ हजार र विद्यालयको ४५ हजार गरी कुल २ लाख ९० हजार रुपैयाँमा युरोगाड जडान भएको विद्यालयका अध्यक्ष नवराज पौडेलले जानकारी दिए । विद्यालयमा शुद्ध पिउने पिउने वातावरण मिलाइदिएकोमा सहयोग गर्ने सम्पूर्णलाई उनले धन्यवाद दिए । साना किसान कृषि सहकारी संस्थाले सामाजिक कार्यमा धेरै काम गर्दै आएकाले आगामी दिनमा सहयोगका अपेक्षा पौडेलले गरे ।

संस्थाले सहुलियत कर्जा, किसालाई विभिन्न तालिम, पशुबिमा जस्ता सामाजिक काम गर्दै आएकाले आगमी दिनमा निरन्तरता सहयोग गर्ने प्रबन्धक सुन्दर तिमिल्सिना र अध्यक्ष धन बाहादुर थापा कार्यक्रममा बताए ।
तपाईको प्रतिक्रिया