खेलकुद

लोमान्थाङ : हाईअल्टिच्युड गल्फ प्रतियोगिता गर्न १० लाख बजेट

‘डोल्पा जाने बाटोको हिमालकै छेउ निर झन्डै ३ किलोमिटर फराकिलो समथर खुल्ला क्षेत्रमा फैलिएको घाँसे मैदान छ ,त्यहा गल्फ खेल्न उपयुक्त छ ,तस्विर : उज्वल चपाई

समाधान संवाददाता २०७९ असार १२ गते ९:२५
समून्द्री सतहदेखि झन्डै ४६४५ मिटर अग्लो उचाईमा अवस्थित लोमान्थाङ गाउँपालिकाको लोहाथाङ भन्ने स्थान . तस्विर : उज्वल चपाई

जोमसोम–
चीनसंग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाले हाईअल्टिच्युड गल्फ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । उपल्लो मुस्ताङको पर्यटन प्रर्वद्धन तथा पर्वतीय खेलकुदको विकास गर्न लोमान्थाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा हाईअल्टिच्युड गल्फ प्रतियोगिता संञ्चालन गर्न १० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले जानकारी दिए ।

Advertisement

समून्द्री सतहदेखि झन्डै ४६४५ मिटर अग्लो उचाईमा अवस्थित लोमान्थाङ गाउँपालिकाको लोहाथाङ भन्ने स्थानमा गल्फ प्रतियोगित सञ्चालन गरिने अध्यक्ष गुरुङले बताए । गत वर्ष लोमान्थाङको लोहाथाङमा गल्फ खेलका प्राविधिक टोली पुगेर सो स्थानको अवलोकन गरेका थिए ।

गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टको नेतृत्वमा गल्फ खेलका प्राविधिक टोली लोहाथाङ पुगेर गल्फ खेल मैदानको सम्भाव्यता अध्ययन गरेका थिए । टोलीले सो स्थान गल्फ खेलका लागि उपयुक्त स्थान पहिचान गरेपछि लोमान्थाङ गाउँपालिकाले गल्फ प्रतियोगिता आयोजना गरी पर्यटन आर्कर्षित गर्न बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष गुरुङले उल्लेख गरे ।

लोमान्थाङ बजार देखि पञ्चिम डोल्पा जाने बाटोमा उक्त स्थान पर्छ ।त्यहासम्म पुग्न मोटर बाटो समेत विस्तार भईसकेकाले खेलाडीलाई गल्फ खेल्न कुनै कठिनाई नहुने अध्यक्ष गुरुङले जनाए । ‘डोल्पा जाने बाटोको हिमालकै छेउ निर झन्डै ३ किलोमिटर फराकिलो समथर खुल्ला क्षेत्रमा फैलिएको घाँसे मैदान छ ,त्यहा गल्फ खेल्न उपयुक्त छ ,अध्यक्ष गुरुङले भने,‘ हामीले पर्वतीय खेलका माध्यमबाट पर्यटन भित्र्याउने मार्ग खोज्दैछौं, अब लोमान्थाङमा विश्वकै अग्लो उचाईमा गल्फ प्रतियोगिता आयोजना हुनेछ ।’

लोमान्थाङको लोहाथाङमा गल्फ कोर्श निर्माण गर्न गण्डकी प्रदेश सरकार अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख बजेट विनियोजन भएको गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए । उनले लोमान्थाङको लोहाथाङमा गल्फ कोर्श निर्माणको काम भईरहेको बताए । लोमान्थाङको गल्फ स्पोर्टमा पुग्न १२ किमी दुरी पार गर्नुपर्छ । त्यहाँ जान सवारी साधन मार्फत आधा घण्टा समय लाग्ने सांसद बिष्टले उल्लेख गरे ।

Advertisement

लोमान्थाङको लोथाङमा ९ होलको गल्फ कोर्श निर्माण गर्ने कार्य भईरहेको सांसद बिष्टले उल्लेख गरे । गल्फका लागि टि बक्स, फेयर वे र ग्रिन निर्माण गर्नुपर्ने फ्रन्ट लाईन र ब्याक लाईनको टिबक्स चाहिन्छ ।

भारतको सिक्किममा विश्वकै अग्लो उचाईको गल्फ कोर्श रहेको र लोमान्थाङमा गल्र्फ कोर्श निर्माणपछि विश्वकै अग्लो उचाईको गल्फ कोर्श हुने सांसद बिष्टले दावी गरे ।

तपाईको प्रतिक्रिया