पोखरा ४ बूढानीलकण्ठ मन्दिर नजिकै सडकमा परेको भ्वाङ पुरियो
समाधान संवाददाता
२०७९ असार १२ गते १३:००

पोखरा ।
पोखरा-४, बुढानीलकण्ठ मन्दिर र बाग्लुङ बसपार्क नजिकको पुलको आडैंमा राति परेको पानीका कारण परेको भ्वाङ पुरिएको छ ।
सडककाे महानगरपालिकाका कार्बाहक मेयर मञ्जुदेवी गुरुङले निरिक्षण गरेलगत्तै उनको निर्देशनपछि भ्वाङ पुरिएको छ ।उनले वर्षायामकाे सुरुवातसंगै बाढी, पहिराे जस्ता प्राकृतिक बिपत्तिका घटना हुनसक्ने भएकाले सजग र सचेत हुन सबैमा अनुराेध समेत गरेको पोखरा महानगरपालिकाले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया