देउवाले गरे मन्त्रिपरिषद् पुनर्गठन, नेकपा एसका सबै मन्त्री फेरिए

समाधान संवाददाता २०७९ असार १२ गते १९:३७

पाेखरा ।

लामाे समयकाे खिचातानी पछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एसकाे निर्णय अनुसार साे पार्टीबाट सरकारका नेतृत्व गरेका पाँच मन्त्रीहरु फेरिएका छन् ।

प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिकाे कार्यालयले नयाँ मन्त्री परिषद्काे नामावली सार्वजनिक गरिएकाे छ, जसमा नेकपा एसका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुकाे नामावली सबै भन्दा पुच्छारमा छ । अर्थात उनीहरु वरियतामा सबै भन्दा तल छन् ।

परिवर्तित मन्त्रीहरुमा जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थय राज्यमन्त्री नियुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया