मुस्ताङ अदालतमा ८४ प्रतिशत मुद्धा फछ्र्योट

मुस्ताङ अदालतमा ८४ प्रतिशत मुद्धा फछ्र्योट
जोमसोम–
हिमालपारीको जिल्ला मुस्ताङमा चालु वर्ष २०७८÷०७९ मा ८४ दशलव २ प्रतिशत मुद्धा फछ्र्योट भएको छ ।आईतबार जिल्ला अदालत जोमसोमले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा हालसम्मकै बढी मुद्धा फछ्र्योट भएको अदालतले जानकारी दिएको हो ।
जिल्ला अदालत मुस्ताङका श्रेस्तेदार मुकुन्द आचार्यले गत वर्ष जिम्मेवारी सरेका १३ मुद्धा र चालु वर्ष दर्ता भएका २५ मुद्धा गरी कुल ३८ मुद्धा मध्ये ३२ वटा मुद्धा फछ्र्योट भएको बताए ।
उनका अनुसार गतवर्ष जिम्मेवारी सरेको देवानी मुद्धा ६ थान र सरकारवादी फोजदारी मुद्धा ७ थान गरी १३ थान सरकारी मुद्धा चालु वर्ष जिम्मेवारी थपिएको थियो ।चालु वर्ष २५ थान मुद्धा दर्ता भएकोमा देवानी मुद्धा १४ थान,दुनियावादी मुद्धा २ थान, सरकारवादी फौजदारी मुद्धा ९ थान दर्ता भएको अदालतका श्रेस्तेदार आचार्यले उल्लेख गरे ।
जिल्ला अदालत मुस्ताङमा चालुवर्ष देवानी मुद्धा सतप्रतिशत फछ्र्योट भईसकेर सुन्यमा झारिएको छ ।गत वर्ष जिम्मेवारी सरेको ६ वटा र चालु वर्षको १४ थान देवानी मुद्धा पछ्र्योट भएको हो ।चालु वर्ष अदालतमा दर्ता भएको २ थान दुनियावादी मुद्धा मध्ये १ को फछ्र्योट भईसकेको छ भने १ थान बाँकी छ । यस्तै,गत वर्ष जिम्मेवारी सरेको ७ र चालु वर्षको ९ थान सरकारवादी फौजदारी मुद्धा गरी १६ मुद्धा मध्ये ११ वटा मुद्धा फछ्र्योट भएको श्रेस्तेदार आचार्यले जानकारी दिए ।
अहिले जिल्ला अदालत मुस्ताङमा जवरजस्ती करणी मुद्धा ३ थान,सवारी ज्यान १ थान र सवारी अंगभंग १ थान मुद्धा फछ्र्योट हुन बाँकी रहेको छ । यस्तै, दुनियावादी फौजदारी मुद्धा १ थान पनि फछ्र्योट हुन बाँकी छ । मुस्ताङ जिल्ला अदालतमा दर्ता भएका मुद्धा मध्ये सबैभन्दा बढी सम्वन्ध बिच्छेद मुद्धा बढी भएको जिल्ला न्यायधिस रोमाकान्त ज्ञवालीले जानकारी दिए । उनका अनुसार मुस्ताङ जिल्ला अदालतमा सम्वन्ध बिच्छेद, लागु औषध,सवारी ज्यान,जवरजस्ती करणी,कुटपिट अंगभंग, अंश चलन,लिखत बदर बकस पत्र बदर लगायतका मुद्धा दर्ता हुने गरेको छ ।
चालु वर्ष २२ थान मुद्धा दर्ता हुने प्रक्षेपण गरिएकोमा २५ थान मुद्धा दर्ता भएको थियो ।यस्तै,जिल्ला अदालत मुस्ताङले चालु वर्ष २४ थान मुद्धा पछ्र्योट गर्ने प्रक्षेपण गरेकोमा ३२ थान मुद्धा पछ्र्योट भएको जनाईएको छ । माननीय जिल्ला न्यायधिस रोमाकान्त ज्ञवालीले अदालतको सेवा प्रवाह प्रभावकारी बनाउन सेवामैत्री परामर्श ‘मिट द जज,जडिसियल आउटरिच’ जस्ता कार्यक्रम सम्पन्न भएको जानकारी दिए । नागरिकलाई छिटो छरितो र गुणस्तरीय न्याय सम्पादनलाई अदालतले जोड दिएको जिल्ला न्यायधिस ज्ञवालीले उल्लेख गरे ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया