जिसस तनहुँमा गठबन्धन निर्विरोध

रिखिराम जिसी २०७९ असार १३ गते १०:४३

पोखरा ।
जिल्ला समन्वय समिति तनहुँमा कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार निर्विरोध भएका छन् । ९ सदस्यीय समन्वय समितिमा सबै पदमा गठबन्धनको एकल उम्मेदवारी परेसँगै जीत निश्चित भएको तनहुँ जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

गठबन्धनको तर्फबाट कांग्रेसबाट प्रमुख र ५ सदस्य गरी ६ जना र माओवादी केन्द्रबाट उपप्रमुख र २ सदस्य गरी ३ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा कांग्रेसका शान्तिरमण वाग्लेको एकल उम्मेदवार परेको छ । वाग्ले समितिका निवर्तमान प्रमुख हुन् । उपप्रमुखमा माओवादीका वासुदेव थापाको मात्रै उम्मेदवार परेको छ । खुला सदस्यमा कांग्रेसका चिरञ्जीवी ढकाल र नेत्र गुरुङ र माओवादीका खेमलाल भण्डारीको उम्मेदवारी परेको छ ।

महिला सदस्यमा कांग्रेसका पानकुमारी खाँड र तिलादेवी राना आले र माओवादीकी लक्ष्मी गुरुङको उम्मेदवारी परेको छ । दलित तथा अल्पसंख्यकबाट कांग्रेसका डोलबहादुर सुनारको उम्मेदवारी परेको छ । जिल्लामा जिसस गठन गर्न कुनै पार्टीको एकल बहुमत थिएन । स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने जिससका लागि जिल्लामा १० पालिकाका २० मतदाता छन् । कांग्रेसका १०, माओवादीका ४, एमालेका ६ जना मतदाता छन् । असार १३ गते समन्वयको निवोचन तोकिएको छ ।

Advertisement

२०७४ मा कांग्रेसले एकल बहुमतमा वाग्लेको नेतृत्वमा जिसस गठन भएको थियो । यसपालि भने कांग्रेसलाई एक भोट कम हुँदा गठबन्धन गर्नु परेको हो ।

Advertisement

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया