पोखराको गौडामुखमा मोटरसाइकलले ठक्कर दिदाँ महिलाको मृत्यु
समाधान संवाददाता
२०७९ असार १३ गते ११:३३

पोखरा ।
पोखरा महानगरपालिकाको गौडामुखमा आइतबार पौने १० बजे मोटरसाइकलले ठक्कर दिदाँ पैदलयात्रीको मृत्यु भएको छ । माटेपानी गुम्बाबाट काहुँखोला तर्फ जाँदै गरेको ग ११ प ७३८५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी लम्जुङ घर भई हाल पोखरा महानगरपालिका भद्रकाली बस्ने ५३ बर्षीया जुना कुमारी गुरुङलाई ठक्कर दिएको हो ।
दुर्घट्नापछि गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यलयका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
मोटरसाइकल चालक ३३ वर्षिय बिन्तोस गुरुङ हुन् । मोटरसाइकल सहित चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित








फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया