सिभील बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

पोखरा ।
सिभील बैंकले पोखराको अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहकलाई केबुलकार सेवामा छुट दिने सम्झौता गरेको छ । बैंकका तर्फबाट क्षेत्रीय प्रबन्धक समिर केसी र केबुबारका तर्फबाट बजार व्यवस्थापक मानबहादुर गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता पत्र अनुसार बैंकले ग्राहकलाई डिजीटल पेमेन्ट (डेबिटर क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवा, एटिएम, फोन पे, क्युआर, इसेवा) बापत अन्नपूर्ण केबुलकारको सेवा प्रयोग गरेमा १० प्रतिशत छुट प्रदान गर्ने छ ।
पोखरा पर्यटकीय क्षेत्र भएकाले यसलाई प्रवर्धन गर्नका साथै आफ्ना ग्राहकलाई थप सेवा सुविधा दिने उद्देश्यले यो याजना ल्याइएको बैंकका शाखा प्रबन्धक उपेन्द्र दाहालले बताए । देशभरका ८लाख भन्दा बढी ग्राहक जुन ठाँउबाट आएपनि जहिले आएपनि सो सेवा प्रयोग गर्न पाउने उनले बताए । बैंकले देशभर ११९ वटा शाखा र ९८ वटा एटिएमबाट कारोबार गर्दै आएको छ ।
पोखराको सेदीदेखि सारङकोटसम्म गत फागुनदेखि संचालनमा आएको अन्नपूर्ण केबुलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ । केबुलकारमा फेवातालको किनारबाट झन्डै ९ मिनेट मा सराङ्गकोट पुग्न सकिन्छ ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया