पोखरा ८ मा अपांगता सञ्जाल

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ मा वडा स्तरीय अपांगता सञ्जाल गठन गरिएको छ । पोखरा महानगरपालिकाको स्थानीय राजपत्र निर्देशिका अनुसार वडाका अपांगको भेलाले अध्यक्ष विष्णु सिग्देलको नेतृत्वमा सञ्जाल गठन गरेको हो ।
सञ्जालको उपाध्यक्ष प्रमिला श्रेष्ठ, सचिव सरिता सुवेदी, कोषाध्यक्ष पार्वती भुजेल र सहसचिव पार्वती श्रेष्ठ छन् । कार्यसमिति सदस्यमा कृष्ण थापा, लता श्रेष्ठ र कृष्ण कुँवर छन् । सञ्जालको संरक्षकमा वडाध्यक्ष रुद्रनाथ बराल, संरक्षक वडा सदस्य लक्ष्मी परियार, सल्लाहकारमा वडा सचिव सविता ढुंगाना र वासुदेव बराल छन् ।
पोखरा महानगरपालिकाको सामाजिक महाशाखाको आर्थिक सहयोग, वडा कार्यालयको समन्वय र गण्डकी बहिरा संघको आयोजनामा अपांगको भेला भएको हो । कार्यक्रममा वडा सदस्य लक्ष्मी परियार, वडा सचिव सविता ढुंगाना, गण्डकी बहिरा संघका अध्यक्ष आईलाल शाही, कार्यसमिति सदस्य विश्वमित्र भित्रकोटी, दोभाषे लक्ष्मी श्रेष्ठ, सिर्जनशील अपांग समाज पोखरा ३ कास्कीका अध्यक्ष जगन्नाथ सुवेदी, अपांगता वडा सरोकार समिति संरक्षक विष्णु सिग्देल र समुदायमा आधारित पुनस्र्थापना सेवाका प्रतिनिधि चन्द्रा भण्डारीले अपांगको सबालमा बोलेका थिए ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया