स्पोर्टस् अवार्डलाई भूपू खेलाडी मञ्चको साथ

पोखरा ।
नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’ लाई सहयोग गर्ने भएको छ । असार १८ गते हुने अवार्ड सफल बनाउन मञ्चले नगद ५० हजार सहयोग गर्ने भएको हो । अवार्ड अन्तर्गत प्रदान गरिने ‘लाइफ टाइम एचिभ्मेन्ट अवार्ड’ वापत भूततपूर्व खेलाडी मञ्चले सहयोग गर्ने भएको मञ्चका अध्यक्ष दिननाथ बरालले बताए ।
यो सम्झौतामा भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली र मञ्चका अध्यक्ष बरालले हस्ताक्षर गरेका छन् । मञ्चका अध्यक्ष पराजुलीले नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले अवार्ड अन्तर्गत अग्रज खेलाडीको सम्मानमा प्रदान गरिने लाइफ टाइम एचिभ्मेन्ट अवार्डका लागि सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘हामी पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १७ औं संस्करणको तयारीमा समेत छौं । खेलकुद पत्रकार र खेलाडी मञ्चबीच भएको सहकार्यले म्याराथन सफल बनाउन भूमिका खेल्नेछ ।’
खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष बरालले मञ्चले गरेको सहयोगका लागि आभार व्यक्त गर्दै यो सहकार्यले अवार्ड कार्यक्रम सफल बनाउन ठूलो सहयोग पुगेको बताए । उनले अवार्ड सफल बनाउन देश विदेश लगायत विभिन्न संघ, संस्थाबाट सहयोग आउने क्रम जारी रहेको उल्लेख गरे ।
लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने अग्रज खेलाडीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । पोखरा स्पोर्टस् अवार्ड अन्र्तगत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्रदान गरिनेछ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया