पोखरा–धम्पुस टिभिएस राइड

पोखरा ।
एओजीको दोस्रो संस्करणमा ३० अपाजेका ग्राहक पोखराबाट धम्पुस पुगेका छन् । एओजी टिभिएसले आफ्ना अपाचे किन्ने ग्राहकका लागि बनाएको समूह हो । यो राइडका लागि सय जनाभन्दा बढीले फारम भरेकोमा ३० जना चयन गरिएको थियो ।
बाँकी आवेदकलाई टिभियसले भविष्यमा हुने राइडमा संलग्न गराउने जनाएको छ ।
टिभिएले आफ्ना ग्राहकका लागि विभिन्न कार्यक्रम र एड्भेन्चर राइडहरु आयोजना गर्ने गरेको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टु ह्विलरको एकमात्र आधिकारिक वितरक हो । यसका देशभर १ सय ३७ भन्दा बढी डिलर छन् । गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा, देशभर पार्टपुर्जाको उपलब्धताले उपभोक्तालाई उच्चतम सेवा दिएकाले टिभिएस रोजाइमा पर्ने गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले बागमती प्रदेशपछि गण्डकीमा एओजी राइड आयोजना गरेको हो । चाडै नारायणी, कोशी, लुम्बिनी र महाकाली पनि राइड आयोजना गरिने भएको छ । एओजीमा सहभागी भई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने मौका पनि पाइने कम्पनीले जनाएको छ । राइडमा सहभागीहरुलाई रोड सुरक्षाबारे प्रशिक्षणसमेत दिइएको थियो । राइडमा सुइखेत पुगेका रुपेश बस्नेतले एओजी राइड रोमाञ्चक रहेको प्रतिक्रिया दिए । उनले भने, ‘धम्पुससम्मको यात्रा रोमाञ्चक भयो । भविष्यमा पनि यस खालका कार्यक्रम हुने आशा छ ।’
कार्यक्रममा सहभागी सबैलाई टिभिएसले सित्तैमा राइडिङ गियर्स उपलब्ध गराएको छ । उनीहरुका लागि विभिन्न खेलसमेत आयोजना भएको छ । खेलका विजेतालाई पुरस्कार, उपहार प्रमाणपत्रको व्यवस्था गरिएको थियो । जगदम्बा मोटर्सका प्रतिनिधि बिक्रम शर्मा पौडेलले अपाचे राइडर्सहरुको समूह बनाएर ग्राहकलाई अझ नजिक बनाउने बताए । उनले भने, ‘यो राइड निकै रमाइलो भयो । हामीले हाम्रा ग्राहकलाई भेट्न पायौं, उहाँहरुको अनुभव पनि बुझ्न पायौं । चाडै नै अर्काे एओजी यात्रा सञ्चालन गर्ने छौं ।’








कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया