अमेरिकी र नेपाली विद्यार्थीलाई मुस्ताङमा जियोलोजिकल अध्यापन गराईदै

समाधान संवाददाता २०७९ असार १३ गते १५:३७
अमेरिकार र नेपाली विद्यार्थीलाई मुस्ताङमा जियोलोजिकल अध्यापन गराईदै ।

जोमसोम–
अमेरिका र नेपालका गरी १३ जना जियोलोजिकल विद्यार्थी टोली मुस्ताङमा छन् । उनीहरु एकसाता देखि मुस्ताङमा छन् ।अमेरिकाबाट ९ जना र नेपालबाट ४ जना विद्यार्थीले मुस्ताङमा जियोलोजिकल अध्ययन÷अध्यापन गरिरहेको जनाईएको छ ।

अमेरिका स्थित एसआईटी ओल्ड लर्निङ संस्थाको आयोजना र त्रिभुवन विश्व विद्यालयको सहकार्यमा अमेरिका र नेपालका विद्यार्थीलाई जियोलोजिकल सम्वन्धि अध्यापन गराईएको हो ।यसका लागि त्रिभुवन विश्व विद्यालयबाट डा.आनन्द प्रसाद गजुरेल र दुर्गा खतिवडा प्रशिक्षक रुपमा खटिएका छन् ।उनीहरुले मुस्ताङमा जियोलोजिकल अध्यापनको लागि सहजीकरण गरिहेको बताईएको छ ।

अमेरिका भित्रका विभिन्न विश्व विद्यालयमा ब्याचलर लेभलमा अध्यनरत ९ जना विद्यार्थी र त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत जियोलोजिकल विद्यार्थी ४ जनालाई अहिले सडक सञ्जालले जोडिएको स्थानमा भूगर्व सम्वन्धि जियोलोजिकल अध्यापन गराईएको छ । अमेरिका र नेपाली विद्यार्थीहरुका लागि नौ क्रेडिड कोर्शको स्थलगत अध्यापन गराईएको त्रिभुवन विश्व विद्यालयका प्रशिक्षक डा. आनन्द प्रसाद गजुरेलले जानकारी दिए ।

Advertisement

काठमान्डौंदेखि दुई साता अघि प्रस्थान गरेको विद्यार्थी टोलीले धादिङको गल्छी हुँदै जियोलोजिकल अध्यापन गराउने उद्देश्यले मुस्ताङसम्म ल्याईएको प्रशिक्षक डा. गजुरेलले बताए । उनीहरुलाई मुस्ताङसहित विभिन्न जिल्लाहरुको जियोलोजिक बिषयसंग जोडिएर पहिरो,नदी कटान,खानेपानी,सडक बाटो,सिचाई र खेतीयोग्य भूभाग सम्वन्धि अध्यापन गराईएको प्रशिक्षक डा. गजुरेलले उल्लेख गरे ।अमेरिका र नेपालका विद्यार्थीले युनिफर्मसहित मुस्ताङको प्राकृतिक भूगाले ,ढुङ्गा र माटो आदीको अवलोकन गराई अध्यापन गराईएको छ ।

यसअघि मुस्ताङमा अध्यापन गराईएको जियोलोजिकल अध्यापन कार्य सहज रुपमा भएको भएपनि यसपटकको ७ औ चरणको अध्यापनमा नेपालको राजनितिक परिस्थितीका कारण विभिन्न कठिनाईहरु झेल्नु परेको प्रशिक्षक डा. गजुरेलले बताए ।

Advertisement

‘यसअघिको अध्यापन कार्यमा कहिकतै निगरानी थिएन,हामीले निर्वाध ढंगले काम गर्ने वातावरण थियो,उनले भने,‘ यसपटक भने हामीलाई कडा निगरानी भयो, धेरै ठाउँमा सोधपुछ भए ।’ उनले हाम्रो अध्यापन कार्य कुनै ईस्यु नभएर विशुद्ध विद्यार्थीलाई जियोलोजिकल शिक्षा प्रदान गर्नु र व्यवहारिक अभ्यास गराउनु रहेको जनाए ।

अमेरिका र नेपाली बिद्यार्थीहरुलाई मुस्ताङको कागबेनी देखि तल्लो क्षेत्रको भूभागमा जियोलोजिकल अध्यापन गराईएको छ ।उनीहरुलाई म्याग्दीको तातोपानी देखि पैदल हिडाएर मुस्ताङसम्म अध्यापन गराईएको प्रशिक्षक गजुरेलले बताए । हामीले हाम्रो अध्यापन कागबेनी देखि माथि नहुने जानकारी दिए ।

सन् २०१३ देखि एसआईटी ओल्ड लर्निङ संस्थाले यसप्रकारको जियोलोजिकल अध्यापन कार्य सुरु गराएको र अध्यापनबाट विदेशीसहित नेपाली विद्यार्थीहरु लाभान्वित भएको अर्का प्रशिक्षक दुर्गा खतिवडाले जानकारी दिईन् । मुस्ताङमा यसपटकको जियोलोजिकल अध्यापन ७ औं पटक भएको उनको भनाई छ ।

सन् २०१३ देखि सुरुआत भएको जियोलोजिकल अध्यापन कार्य सन् २०१५ मा महाभूकम्प र सन् २०२० र सन् २०२१ मा कोरोना महामारीका कारण हुन नसकेको बताईएको छ ।

तपाईको प्रतिक्रिया