प्रदेश बाल परिषद् पुनर्गठन

समाधान संवाददाता २०७९ असार १४ गते ११:१४

पोखरा ।
गण्डकी प्रदेश स्तरीय बाल भेलाले प्रदेश बाल परिषद् पुनर्गठन गरेको छ । गण्डकी प्रदेश सरकार गठन भएपछि ०७५ फागुन १२ र १३ गते भएको बाल भेलाले पहिलो पटक बाल परिषद् गठन गरेको थियो ।

Advertisement

शिक्षा, संस्कृति, विज्ञान प्रविधि र सामाजिक विकास मन्त्रालयले आयोजना गरेको बाल भेलाले अध्यक्ष सुदीप पौडेलको नेतृत्वमा बाल परिषद् गठन गरेको हो । परिषद् उपाध्यक्ष विपना तामाङ, सचिव अस्मित काफ्ले, सहसचिव सविन विक र कोषाध्यक्षमा विवेक श्रेष्ठ छन् ।

परिषद्का कार्यसमितिका सदस्यमा जीवन गुरुङ, रोशन कार्की खुश्बु गुरुङ, सन्दीप चापागाई, आदित्य तामाङ, रमित रसाइली, अभिषेक पौडेल, सुरक्षा गौतम, जेनिषा नेपाली र सुमन नेपाली छन् । गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बाल परिषद् गठन गर्न आयोजना गरिएको भेला उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया