प्रदेश बाल परिषद् पुनर्गठन
समाधान संवाददाता
२०७९ असार १४ गते ११:१४

पोखरा ।
गण्डकी प्रदेश स्तरीय बाल भेलाले प्रदेश बाल परिषद् पुनर्गठन गरेको छ । गण्डकी प्रदेश सरकार गठन भएपछि ०७५ फागुन १२ र १३ गते भएको बाल भेलाले पहिलो पटक बाल परिषद् गठन गरेको थियो ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि र सामाजिक विकास मन्त्रालयले आयोजना गरेको बाल भेलाले अध्यक्ष सुदीप पौडेलको नेतृत्वमा बाल परिषद् गठन गरेको हो । परिषद् उपाध्यक्ष विपना तामाङ, सचिव अस्मित काफ्ले, सहसचिव सविन विक र कोषाध्यक्षमा विवेक श्रेष्ठ छन् ।
परिषद्का कार्यसमितिका सदस्यमा जीवन गुरुङ, रोशन कार्की खुश्बु गुरुङ, सन्दीप चापागाई, आदित्य तामाङ, रमित रसाइली, अभिषेक पौडेल, सुरक्षा गौतम, जेनिषा नेपाली र सुमन नेपाली छन् । गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बाल परिषद् गठन गर्न आयोजना गरिएको भेला उद्घाटन गरेका थिए ।
सम्बन्धित







इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया