‘बसोबास गरेकै ठाउँको लालपुर्जा देऊ’

पोखरा ।
भूमि अधिकारबाट वञ्चितको हक, अधिकार सुनिश्चित गर्नका लागि वकालत गर्दै आएको भूमि अधिकार मञ्च कास्कीको प्रतिनिधि मण्डलले पोखराका ३३ वटै वडाका वडाध्यक्षलाई माग पत्र पेश गरेको छ ।
सुरुमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई आफ्ना समस्या र मागप्रति ध्यानाकर्षण गराएको मञ्चले अब हरेक वडाका वडाध्यक्षलाई भेटेको छ । वडाका समस्या समाधान गर्न दबाब दिने उद्देश्यले समस्यासहितको ३ बुँदे माग पत्र पेश गर्ने अभियान सुरु गरेको मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले बताए । पोखरा वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीलाई माग पत्र हस्तान्तरण गरी अभियान सुरु भएको मञ्च कास्की संस्थापक अध्यक्ष रामबहादुर लामिछानेले बताए ।
प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका वडा नंं. ९, १०, १५, १, ६, १६ र १९ का कार्यालयमा गई वडाध्यक्षहरुलाई मागपत्र पेश गरेको छ । यसैगरी अन्य वडामा पनि माग पत्र पेश गरिने अध्यक्ष पे्रमबहादुर गुरुङले बताए । पत्रमा पोखरा महानगरपालिका र ३३ वटै वडामा राष्ट्रिय भूमि आयोगको सहजीकरण समितिमा मञ्चको तर्फबाट १ महिला र १ पुरुषलाई मनोनित गर्नुपर्ने माग छ ।
त्यसैगरी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई भोगाधिकारका आधारमा सोही स्थानमा जग्गाको नाप नक्सा गरी निस्सा उपलब्ध गराई पुर्जासहितको व्यवस्था गर्न भनिएको छ । ०६८ मा नेपाल सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीलाई छानबिन गरी जग्गा नाप नक्सा समेत तयार गरी सुकुम्बासी परिचयपत्र वितरण गरेको हुनाले उक्त प्रमाणलाई आधार मानीसोही स्थानमा स्रेस्ता कायम गरी पुर्जा वितरण गर्नुपर्ने मञ्चका कास्की जिल्ला अध्यक्ष गुरुङले बताए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया