हिंसा घटाउन गीतबाट आह्वान

पोखरा ।
मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीले अन्नपूर्ण गाउँपालिकाबासीलाई लैंगिक हिंसा घटाउन गीतमार्फत सचेतना दिएको छ । कुर्वे परियोजनाको सहयोगमा भएको कार्यक्रममा लोकदोहोरी प्रतिष्ठानका सचिव जीवन दाहालले गीतमार्फत् लैंगिक हिंसा न्यूनीकरणबारे प्रकाश पारे । उनले महिलाले महिलालाई नै गर्ने हिंसा पनि अझै नहटेको जनाए ।
गीतमार्फत हिंसा घटाउन गरिएको आग्रहमा सहभागीले गायक दाहाललाई साथ दिएका थिए । पालिका अध्यक्ष विष्णुबहादुर केसीले लैंगिक हिंसा घटाउने अभियान घर घरबाटै सुरुआत गर्नुपर्नेमा जोड दिए । उनले पितृसत्तात्मक समाजका हुर्किएका पुरुषको चिन्तनमा परिवर्तन गर्दै यो अभियानमा महिला र पुरुषसँगसँगै अघि बढ्नुपर्ने उल्लेख गरे ।
उपाध्यक्ष चन्द्रकला अधिकारीले समाज अझै विभिन्न प्रकारका हिंसाबाट ग्रसित भएकाले सचेतना, कानुनी उपचार र सबैको सहकार्य जरुरी भएको बताइन् । उनले पालिकाले यसपालिको बजेटमा लैंगिक हिंसा न्यूनीकरणका लागि बजेट विनियोजन भएको जानकारी दिइन् ।
अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जीवनको अर्थ सहकार्य र प्रगति भएको उल्लेख गर्दै वैमस्य, हिंसा जस्ता प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्ने विचार राखे । एकल महिला समूह गण्डकी अध्यक्ष प्रमिला तझ्याले कस्तो व्यवहार हिंसा हो भन्ने बुझ्न र बुझाउन जरुरी भएको बताइन् । महिलामा पनि एकल महिला लैंगिक हिंसा र उपेक्षाको सबैभन्दा बढी शिकार हुने गरेको उनले सुनाइन् ।
समूह कास्की अध्यक्ष जूना केहीले हिंसा सभ्य समाजका लागि नसुहाउने उल्लेख गर्दै यसैका लागि यस्ता कार्यक्रम जरुरी भएको बताइन् । संस्थाले सचेतनाका विभिन्न कार्यक्रम गरी एकल महिललाई अघि बढाउन भूमिका निर्वाह गर्दै आएको जनाइन् ।
संस्थाका उपाध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण वडा नं. २ का अध्यक्ष पीताम्बर भण्डारी, संस्थाका सचिव विष्णु श्रेष्ठ लगायतले बोलेका थिए ।









सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया