जनप्रदीपमा जनप्रतिनिधि सम्मानित
पोखरा ।
पोखरामा क्रियाशील जनप्रदीप सहयोगी संस्थाले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । यो जनप्रदीप माविवाट २०४७ सालमा प्रवेशिका परीक्षा दिएका पूर्व विद्यार्थीको संस्था हो ।
संस्थाले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान गरेको छ । सो संस्थाले शनिबार आँधीखोला गाउँपालिका वडा नं ४ का नवनिर्वाचित अध्यक्ष सिंहबहादुर क्षेत्री, वडा नं ६ का महिला सदस्य कमला पौडेल ढकाल, फेदीखोला २ का महिला सदस्य एवं संस्थाका उपाध्यक्ष कलावती बस्नेतलाई सम्मान गरिएको हो ।
संस्थाका प्रमुख संरक्षक ठाकुरप्रसाद शर्मा, अध्यक्ष डोलनाथ गौतम चोलाकान्त, कोषाध्यक्ष गीता पौडेल लगायतले उनीहरुलाई सम्मान गरेका हुन् । वडाध्यक्ष क्षत्रीले चिलाउनेवासको विकासमा संस्थाले छोटो समयमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । संस्थाका प्रमुख संरक्षक शर्माले पोखरामै रहेर पनि गाउँको शैक्षिक तथा भौतिक विकासमा चासो राख्नु निकै महत्वपूर्ण भएको उल्लेख गरे ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया