अन्नपूर्ण ब्यान्डले ल्यायो नयाँ गीत

समाधान संवाददाता २०७९ असार १४ गते १९:५६

पोखरा ।
मायामा हार्ने र राजनीतिमा जित्नेले इतिहास रच्छ भन्ने गरिन्छ । मायामा विछोडको पीडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरेको छ अन्नपूर्ण ब्यान्डले हालै सार्वजनिक भएको गीत ‘भो’मा ।


अन्नपूर्ण ब्यान्डका भोकलिस्ट छुटमान गुरुङले यसका शब्द लेखेका हुन् । प्रेमी–प्रेमिका एकअर्काको खुसीका लागि टाढा हुनुपर्ने बाध्यतामा गीत केन्द्रित छ । आइतबारमात्र सार्वजनिक गरिएको अन्नपूर्ण ब्यान्डको ‘भो’ नामक गीतसँग म्युजिक भिडियोको तालमेल बलियो छ ।


म्युजिक भिडियोलाई कथानक रुप नितेसविक्रम भट्टराईले दिएका हुन् भने डाइरेक्सन नवीन थापाले गरेका छन् । नवीनलाई एसिस्टेन्ट डाइरेक्टरका रुपमा सघाएका छन् असीभजंग कार्कीले ।

Advertisement


एज ब्यान्डका गिटारिस्ट विष्णु गुरुङले एरेन्जमेन्ट, मिक्सिङ र मास्टरिङमा साथ दिएका छन् । म्युजिक भिडियोमा मोडल अप्सरा गुरुङ र अशिम गुरुङले अभिनय गरेका छन् । स्टुडियो इन पोखरामा रोकर्ड गरिएको यो गीतको लिड गिटास्टिमा विनोद गुरुङ, गितारिस्ट सुभाष गुरुङ, बेस गितारिस्ट प्रदीप गुरुङ र ड्रमर सुभाष गुरुङ छन् । यो गीतमा संलग्न संगीतकारदेखि भोकलिस्टसम्म सबै कास्की घान्द्रुकका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया