अपांगका सरोकारबारे वडा स्तरीय अपांगता समन्वय समितिकाे छलफल

पोखरा ।
पोखरामा अपांगहरुको अवस्था, उनीहरुलाई समाजको व्यवहार र सरकारी सेवा, सुविधामा उनीहरुको पहुँचबारे छलफल भएको छ । वडा स्तरीय अपांगता समन्वय समितिले पोखरा महानगरपालिका वडा नं. १६ को आर्थिक सहयोगमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रदेश सांसद मिना गुरुङले राज्य सबैको अभिभावक भएकाले मुलधारबाट पछि परेका नागरिकको संरक्षण र सशक्तीकरणका लागि थप पहल गर्नुपर्ने बताइन् । उनले अपांगहरुमा पनि फरक र विशिष्ट क्षमता हुने उल्लेख गरिन् । उनले भनिन्, ‘सपांगभन्दा कमजोरलाई संरक्षण, सशक्तीकरण गर्ने कुरा राज्य दायित्व हो । कतिपय फरक क्षमताका नागरिकले सपांगलाई पनि हौसला दिने खालका उदाहरणीय काम गर्नुभएको छ ।’
समितिको अक्षयकोषमा सहयोग गरेकोमा सांसद गुरुङलाई कार्यक्रममा सम्मान गरियो । उनले समितिलाई २१ हजार ५ सय सहयोग गरेकी छन् । अक्षयकोषका लागि चन्द्रा थापाले ११ हजार, नन्दा गुरुङ ११ हजार, दुर्गा केसी थापा १० हजार, पोखरा १६ का वडाध्यक्ष अमृत तिमिल्सिना १० हजार र गणेश थापाबाट ८ हजार सहयोग भएको छ । गोमा अधिकारी गौतम यमनकाजी गुरुङ, रामचन्द्र आचार्य र राजेश गुरुङ (राजु)ले जनही ५ हजार सहयोग गरेका छन् । रामकाजी गुरुङले कोषमा २ हजार थपेका छन् ।
संस्थाकी अध्यक्ष रामकुमारी बानियाँले अपांगहरुका जायज माग कसरी सम्बोधन गरी मूल धारमा उनीहरुलाई ल्याउन सकिन्छ भनेर सरोकारवालाले अध्ययन गर्नुपर्ने बताइन् । समारोहमा कार्यक्रम संयोजक लक्ष्मी अधिकारी, मञ्जु नेपाली, सदस्य योगमाया गुरुङ लगायतले बोलेका थिए ।









सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया