विवादमा तानिएकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

समाधान संवाददाता २०७९ असार १५ गते १३:०४

लुम्बिनी ।
विवादमा तानिएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।

जेठ ३१ दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । सो प्रकरणमा उनी प्रहरी नियन्त्रणमा परेकी थिइन् भने पछि बिरामी भएको भन्दै उपचारका लागि बुटवल लगिएको थियो । बुटवलमा केही दिन बसेर दाङमा बस्दै आएकी उनले अन्ततः राजीनामा दिएकी माओवादीका लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलाराम घर्ती मगरले पुष्टि गरे । वलीले सोमबार नै राजीनामा बुझाएको उनको भनाइ छ ।

बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति समेत गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन आउनुअघिनै उनले राजीनामा दिएकी हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया