मुख्यमन्त्रीलाई कांग्रेस २(क) को ध्यानाकर्षण

पोखरा ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति कास्की २(क) ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलार्ई बुधबार विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ । सभापति दिनेश आचार्यको नेतृत्वमा गएको टोलीले मूल्यवृद्धि, यातायात र विद्यतीय सवारीमा लगाइएको कर, पूर्व विशिष्टका नाममा दिन लागिएको सेवा, सुविधा, कोभिड १९ बाट ज्यान गुमाउनेका परिवारले पाउने राहत, प्रदेशको बजेट, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका विषयजस्ता विषयमा टोलीले ध्यानाकर्षण गराएको हो ।
टोलीले हाल प्रदेश सरकारले गरेका काम र ती कामबाट जनमानसमा परेको प्रभाव लगायतका विषयमा कुरा राखेको सभापति आचार्यले जानकारी दिए । जवाफमा मुख्यमन्त्री नेपालीले बजेटको विवाद यसै साता टुंगिने बताए । पूर्व विशिष्टका नाममा दिन लागिएको सेवा, सुविधाप्रति विज्ञ समूह निर्माण गरेको र समितिले समाधान गर्ने भन्दै सेवा, सुविधाको हकमा आफू धेरै आशक्ति नराख्ने मुख्यमन्त्रीले बनाएको आचार्यले जानकारी दिए ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया